News Category 2074/07/09
फोरम अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट चुनाव लड्ने
दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
अन्ततः विभिन्न अड्कलबाजीका बाबजुद संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आप्mनो जन्मथलो सप्तरीबाट प्रतिनिधी सभाका लागी उम्मेदवारी दिने भएका छन् ।
संघिय समाजवादी फोरम नेपाल २ नम्बर प्रदेशका मुख्यसचिव शम्भु झाले अध्यक्ष उपेन्द्र यादव सप्तरी २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाका लागी उम्मेदवार हुनुहुने जानकारी दिनुभएको हो ।
सो क्षेत्रमा राजविराज नगरपालिकाका १६ वडासहित छिन्नमस्ता गाउपालिका, महदेवा गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका पर्दछन् । सप्तरी २ नम्बर क्षेत्रमा झण्डै ८६ हजार मतदाता रहेका छन् ।
पहिलो र दोश्रो संविधान सभामा मोरंग र सुनसरीबाट चुनाव लडेका अध्यक्ष यादवले पहिलो संविधान सभामा मोरंग र सुनसरीको दुबै क्षेत्रबाट विजय प्राप्त गरेका थिए तर, २०७० सालको दोश्रो संविधान सभाको निर्वाचनमा सुनसरीबाट मात्र विजय प्राप्त गर्न सफल भएका थिए ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणासँगै अध्यक्ष यादव कहाँबाट निर्वाचनमा उठ्ने चर्चा परिचर्चा शूरु भएको थियो । उनलाई २ नम्बर प्रदेशको पर्सा, सिरहा र सप्तरी तथा प्रदेश नम्बर १ को मोरंग र सुनसरीबाट प्रतिनिधी सभाका लागी जिल्लाका नेता तथा कार्यकर्ताले उ्रम्मेदवारी दिन सिफारिस तथा आग्रह समेत गरेका थिए ।
तर, अध्यक्ष यादव सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा हिजो मात्र सप्तरीको क्षेत्र नम्बर २ बाट निर्वाचन लडने निधो गरेका हुन् । सप्तरी २ नम्बर क्षेत्रको प्रदेशसभा २ बाट राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव मनिषकुमार सुमनले उम्मेदवारी दिने पनि निश्चित भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ