News Category 2074/07/09
निर्वाचन रोकिने कार्य महाअपराध हो ः प्रमुख निर्वाचन आयुक्त
दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अब कुनै पनि हालतमा नरोकिने बताउनु भएको छ ।
निर्वाचन तयारीको क्रममा गृह जिल्ला सप्तरी आउनुभएका डा. यादवले बुधबार राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउँदै चुनाव रोकिने कार्य अब महाअपराध हुने जिकिर समेत गर्नुभयो ।
आयोजित अन्तरक्रियामा उहाँले निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै आचारसंहिता पालना गर्न राजनैतिक दलका नेताहरुलाई गम्भिर हुन आग्रह समेत गर्नुभयो ।
उहाँले चुनावको बेला पार्टीको झण्डा, चुनाव चिन्ह अंकित टिसर्ट, टोपी, गम्छा लगायत अन्य सामाग्रिहरु राजनीतिक दलले बाढ्न सक्ने तर सोही सामाग्रिहरु गरिब, दुखी, बाढीपीडितलाई ती दलहरुले दिन नसक्ने कार्य प्रति दुःख समेत व्यक्त गर्नुभयो । डा. यादवले निर्वाचनको समयमा कुनै स्थानिय नेताहरुले त्यस्ता सामाग्रिहरु प्रयोग गरेको भेटिए त्यसको स्पष्टिकरण पार्टीको केन्द्रिय कार्यालयलाई सोधिने बताउनुभयो ।
सरकारी विद्यालयका शिक्षक र सरकारी क्याम्पसका प्राध्यापकहरु उम्मेदवारहरुको प्रचारप्रसारमा प्रत्यक्ष सहभागी भएको पाइए थुनेर कारबाही गर्न उहाँले स्थानिय प्रशासनलाई निर्देशन समेत दिनुभयो ।
उहाँले दुबै निर्वाचनका लागि एउटै मतपत्र छापिने बताउँदै स्थानिय निर्वाचनमा २ नं. प्रदेशका जनताले जसरी उत्साहपूर्वक सहभगिता जनाए त्यसरी नै आउँदो निर्वाचनमा सहभागिता जनाउन जनतासमक्ष आग्रह समेत गर्नुभयो ।
सरकारले निर्वाचन सम्बन्धी सम्पूर्ण अधिकार निर्वाचन आयोगलाई दिइरहँदा निर्वाचनको मिति तोक्ने कार्य भने सरकारले नै गर्ने गरेको र आचारसहिताको उलंघन समेत स्वयम सरकारले नै गर्ने गरेकोप्रति प्रमुख आयुक्त डा. यादवले गुनासो दुःख व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा जिल्लाका मुख्य निार्वाचन अधिकृत हरिशचन्द्र ढुंगानासहित चार वटै क्षेत्रका निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, नेपाल प्रहरी प्रमुख मुकेश सिंह, सशस्त्र प्रहरी प्रुमख, सेनाका गणपति, राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ