News Category 2074/07/09
राजविराजका जनप्रतिनिधीको सुस्तीले नगरवासीको सपना ...
दीपककुमार गुप्ता
राजविराज, ८ कात्तिक ।
राजविराज नगरपालिकाका स्थानीय जनप्रतिनिधीहरु निर्वाचित भएको एक महिना पुग्दा पनि नगरप्रमुुुख, उपप्रमुख लगायतका जनप्रतिनिधीले स्थानीय बुद्धिजीवी तथ सरोकारवालाहरुसंग छलफल गरी नगरका समस्या, समाधान र चुनौती तथा नगर विकासका लागी यथासिघ्र, अल्पकालिन, दिर्घकालिन (मास्टर प्लान) बनाउने तर्फ कुनै अग्रसरता सतहमा देखिएको छ्रैन ।
२० वर्षपछि स्थानीय तहको निर्वाचन मार्फत राजपाबाट निर्वाचितद्वय प्रमुख र उपप्रमुख नयाँ अनुहार हुन् । यीनीहरुको विजयीसंगै राजविराजवासी उत्साही भएका थिए । तर, यस १ महिनाको अवधीमा कुनै विकासीय योजना कागजमा मात्र पनि नआउनुले नगरवासीको उत्साहमा कमी आउनुका साथै चिन्तित देखिएका छन् ।
अहिलेको स्थानीय तहको संरचना र कानुन अनुसार नगरपालिकाको उपप्रमुखले न्याय सम्पादन देखी हरेक विकासीय कार्यमा संलग्न गराएको छ । तसर्थ पुरानो नगरपालिकाको समस्यासंग उपप्रमुख साधना झा प्रमुख शम्भु यादव भन्दा बढी संवेदनशिल तथा जिम्मेवार हुनु पर्दछ ।
मधेश आन्दोलनको राग र तापले प्रमुख यादव र उपप्रमुख झा निर्वाचित भएका हुन तर, पुर्व प्रमुखहरु भन्दा भिन्न कार्यशैलि र सोच नगरवासीले महशुस गर्न सकेका छ्रैनन् । आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समेत यहाँको निर्वाचित जनप्रतिनीधीहरुको भुमिकाले निर्वाचनलाई प्रभावित पार्ने हेक्का राख्न सक्नु पर्दछ ।
नेपालको पहिलो तथा टाउन प्लानिङ्ग भएको नगरपालिका राजविराजका नगरवासीहरु ज्यादै आशावादी, शान्त र क्षम्य शोभाका देखिएका छन् । तर, उनीहरुको आक्रोश फुट्दा हिरो भएका नेताहरु रातारात जिरो समेत भएका छन् । अहिलेका प्रमुख र उपप्रमुखको जिम्मेवारी नगरविकास संगसंगै मधेशवादीहरुलाई आगामी निर्वाचनमा निर्वाचित गराउनु पनि हो । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपाका महासचिव मनिषकुमार सुमन राजविराज नगरपालिका क्षेत्र समेटिएको सप्तरी क्षेत्र नम्बर २ प्रतिनिधी सभा र प्रदेश सभामा क्रमशः उठ्दै छन् ।
त्यसैले राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीति चर्चाको केन्द्र बिन्दुमा रहेको राजविराज नगरपालिकाका मेयर उपमेयरको चुनावी थकाई पक्कै पनि समाप्त भएकै हुनु पर्दछ र आप्mनो उर्जा नगर विकासका लागि खर्चिनु पर्छ । अन्यथा समय कसैलाई पर्खदैन, नगरवासीको सपना पुरा नहुने भए जनप्रतिनिधीको सपना जनताको हुरी र वतासले उडाउने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ