News Category 2074/07/09
राजविराज वडा नं. २ र ८ को कार्यालय उद्घाटन
दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
राजविराज नगरपालिका वडा नं. २ र ८ का नवनिर्वाचित वडा अध्यक्षहरुले बुधबार छुट्टछुट्टै कार्यक्रमबीच पदभार ग्रहण गरेका छन् ।
राजविराज वडा नं. ८ को कार्यालय अनावरणसहित वडा नवनिर्वाचित वडा अध्यक्ष जयनाराण मण्डलले पदभार ग्रहण गर्नुभएको हो ।
वडा अध्यक्ष मण्डलकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, पूर्व सिचाइ मन्त्री उमेश कुमार यादब, नगरपालिका कार्यकारी अधिकृत उमेश कुमार यादव, पत्रकार सतिश दत्त, सप्तरी युथ नेपालका कोषाध्यक्ष बिष्णु यादबलगायत बुद्धिजीवी सामाजसेवी, नागरिक सामाज लगायत युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
यसैगरि राजबिराज वडा नम्बर २ को वडा कार्यालय पनि बुधबारै बिधिवत रूपमा उद्घाटन गरिएको छ । सो कार्यालयको राजबिराज नगरपालीका प्रमुख शम्भु प्रसाद यादबले एक कार्यक्रमबीच उद्घान गर्नुभयो ।
सो कार्यक्रममा बोल्दै मेयर यादबले प्रमुखको बिकासमा सबै मिलेर जनताका सेवामा लाग्नु पर्ने बताउनुभयो । सो वडाका अध्यक्ष अरूण कुमार यादबले कार्यालय संचालनमा आएको जानकारी दिनुभयो ।
सो अवसरमा उपप्रमुख साधना झा, नगरपालीका प्रमुख कार्यकारी अधिकृत उमेश यादब, सँघिय समाजवादी फोरमका जल्ला अध्यक्ष दनेश यादव, युवा नेता केदार यादब, समाजिक परिचालक रँजिता कुमारी यादव, पत्रकार चन्दनकुमार यादब लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा वडा सदस्य हरिनारायण देव, आशा झा, राजुउदिन खाँ, लक्ष्मी रजक तथा नगरकार्यपालीका सदस्य बिपिन कर्णको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ