News Category 2074/07/08
छठ पर्वमा केराको व्यापारमा बृद्धि
दैनिक समाचारदाता
राजविराज, ७ कात्तिक ।
मंगलबारदेखि सुरु भएको छठ पर्वको अवसरमा स्थानीय बजारहरुमा केराको कारोबारमा निकै बृद्धि भएको छ ।
छठ पर्वमा केरा र त्यसको घरी अनिवार्य रुपमा चढाउनु पर्ने भएकोले सप्तरी जिल्लामा केराको बिक्रि बितरणमा निकै बृद्धि भएको ब्यापारीहरुले बताएका छन ।
सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाको भारदह, बोदेबर्साईन कंचनपुर, फत्तेपुर, हनुमानगर लगायतका वजारमा केराको कारोबार बढेको पाइएको छ ।
छठमा केरा आवश्यक रहेकोले छठमा हरेकले केराको घरी किन्ने भएकोले केरा ब्यापारमा बृद्धि भएको केरा ब्यापारी शिवचरण मण्डलले बताउनुभयो ।
अहिले राजविराज बजार लगायत बिभिन्न बजार तथा ग्रामीण बजारमा केरा खरीद गर्नेहरुको भिंड देखिएको र बजारहरुमा केराकै जहा त्यहाँ बिक्रिबितरण भइरहेको छ ।
सप्तरीको भारदहस्थित कोशी पलारमा लगाएको सयौ बिगहा केरा खेतीमै केरा बिक्रि बितरण तिव्ररुपमा भइरहेको केरा ब्यवसायी दिनेश राउतले बताउनुभयो ।
प्रति केरा घरी ५ सय देखि ८ सय सम्ममा बिक्रि बितरण भइरहेको जानकारी दिदै ठुलो खालको केराको घरी भने एक हजार सम्ममा बिक्रि बितरण हुने गरेको ब्यापारीहरु बताउछन । सप्तरी जिल्लामा छठ पर्वको अवसरमा बिभिन्न बजारमा गरि करिब करोडोको केरा विक्री भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ