News Category 2074/07/12
त्रिशुलीमा बस खस्दा ३१ को मृत्यु, २९ को सनाखत, १६ जनाको जिवितै उद्दार
राजविराज÷राजविराजबाट काठमाडौंतर्फ हिडेको एक यात्रुबाहक बस शनिबार बिहान त्रिशुली नदीमा खस्दा बसमा सवारमध्ये १६ जनाको जिवित्तै उद्दार गरिएको छ ।
धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा ना. ६ ख. १४६७ नम्बरको बस खस्दा त्यसमा सवार करिब ५० यात्रु मध्येबाट ३१ जनाको शव निकालि प्रहरीले २९ जनाको सनाखत भएको छ । दुई जनाको सनाखत हुन बाँकी रहेको धादिङ प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता शव भेटिएका शवहरुमा ११ पुरुष, ८ महिला, ५ बालक र ५ बालिका रहेका छन् ।
सो दुर्घटनामा परेका १६ जनाको जिवितै उद्दार गरिएको छ । उद्दार गरिएका मध्ये अधिकांशको स्थानिय अस्पताल तथा दुई जनाको काठमाडौंस्थित बीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
बस तिब्र गतिमा रहेकोले उक्त दुर्घटना भएको उद्दार गरिएका यात्रुहरुलाई उद्धृत गर्दै धादिङ प्रहरीले जनाएको छ । यता जिवित्तै उद्दार गरि काठमाडौंस्थित ट्रमा सेन्टरमा राजविराज ९ निवासी अधिवक्ता दुर्गानन्द चौंधरी र उनका छोरा अविशेक चौधरीको उपचार भइरहेको छ ।
त्यस्तै गजुरीस्थित अस्पतालमा राजविराज ३ का अमन ठाकुर, श्रवण कुमार ठाकुर, उद्धव ठाकुर, सिरहा भगवानपुर गाउँपालिकाका दिवशकान्त पण्डित, सिंगाहीका निविदिता चौधरी, शुभम चौधरी, सप्तरीका दुर्गानन्द यादव, सन्तोष सरदार, राजविराज १० का शुशिल यादव, ९ का सुरेन्द्र कुमार यादव, अमन ठाकुर, १ का सिद्धार्थ कुमार यादव, भारत बिहार मधुवनीका मनोज ठाकुर, गणेश ठाकुर, गौरीशंकर ठाकुरको उपचार भइरहेको छ ।
यस्तै मृत्यु हुनेहरुमा सिराहा गोलबजार ८ का ५० वर्षिय राज कपुर यादब, सप्तरी बोदेबर्साईन १ का १५ वर्षिया चन्द्र रेखा प्रमाणी, राजबिराज १६ का ७४ वर्षिय चन्द्रावती झा, तिलाठि कोईलाडी गाउँपालिका १ बस्ने ३३ वर्षिय अन्जित कुमार झा, राजविराज ११ देउरीभरुवाका १८ वर्षिय नरेश मुखिया (सहचालक), नरैया बस्ने वर्ष ३ वर्षका शुसान्त चौधरी, नरैया बस्ने २४ वर्षिय रामानन्द यादब, भारत बिहार बस्ने २९ वर्षकी ममता देबि ठाकुर, बोदेबर्साईन २ बस्ने ६ वर्षका आदित्य यादब, तिलाठी ३ बस्ने ३८ वर्षिय संजित कुमार झा, नरैया बस्ने २६ वर्षकी पार्बती चौधरी, तिलाठि ३ बस्ने ३५ की सम्मि कुमारी झा, बोदेबर्साईन ३ का १५ वर्षिया चन्द्र लेखा प्रमाणी, महादेवा ९ बस्ने २७ वर्षका प्रमोद ईसार, कृष्णासवरन ४ बस्ने २९ बर्षका सुधिर कुमार यादब, भारत बिहार मधुवनि बस्ने १२ वर्षका मनिष ठाकुर रहेका छन् ।
त्यस्तै सिराह नराह १० बस्ने ३० बर्षका उदय मण्डल, बोदेबरसाईन २ का २५ बर्षिया आशीकि कुमारी यादव, कृष्णसवरन ४ बस्ने ५ वर्षकी समिक्षा यादव, सिराह लहान ६ बस्ने ३७ बर्षका प्रभा चौधरी, राजबिराज १३ बस्ने बर्ष ३० का रिषी आनन्द देव, १४ बस्ने बर्ष २० का आदित्य झा, बोदेबरसाईन २ बस्ने १३ बर्षकी समिक्षा कुमारी यादब, शम्भुनाथ बस्ने बर्ष ५का सुदिप चौधरी, बोदेबरसाईन ३ बस्ने ९ बर्षकी चित्र रेखा परमाणी, बोदेबरसाईन ३ बस्ने १ बर्षकी मानवी यादव, बोदेबरसाईन २ बस्ने ३५ बर्षका सुरेन्द्र चौधरी, ३ बस्ने ११ बर्षकी चित्र रेखा प्रमाणी र २ बस्ने ६ बर्षका पशुपती चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ