News Category 2074/07/12
त्रिशुलीमा बस खस्दा ३१ को मृत्यु, २९ को सनाखत, १६ जनाको जिवितै उद्दार
राजविराज÷राजविराजबाट काठमाडौंतर्फ हिडेको एक यात्रुबाहक बस शनिबार बिहान त्रिशुली नदीमा खस्दा बसमा सवारमध्ये १६ जनाको जिवित्तै उद्दार गरिएको छ ।
धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा ना. ६ ख. १४६७ नम्बरको बस खस्दा त्यसमा सवार करिब ५० यात्रु मध्येबाट ३१ जनाको शव निकालि प्रहरीले २९ जनाको सनाखत भएको छ । दुई जनाको सनाखत हुन बाँकी रहेको धादिङ प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता शव भेटिएका शवहरुमा ११ पुरुष, ८ महिला, ५ बालक र ५ बालिका रहेका छन् ।
सो दुर्घटनामा परेका १६ जनाको जिवितै उद्दार गरिएको छ । उद्दार गरिएका मध्ये अधिकांशको स्थानिय अस्पताल तथा दुई जनाको काठमाडौंस्थित बीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
बस तिब्र गतिमा रहेकोले उक्त दुर्घटना भएको उद्दार गरिएका यात्रुहरुलाई उद्धृत गर्दै धादिङ प्रहरीले जनाएको छ । यता जिवित्तै उद्दार गरि काठमाडौंस्थित ट्रमा सेन्टरमा राजविराज ९ निवासी अधिवक्ता दुर्गानन्द चौंधरी र उनका छोरा अविशेक चौधरीको उपचार भइरहेको छ ।
त्यस्तै गजुरीस्थित अस्पतालमा राजविराज ३ का अमन ठाकुर, श्रवण कुमार ठाकुर, उद्धव ठाकुर, सिरहा भगवानपुर गाउँपालिकाका दिवशकान्त पण्डित, सिंगाहीका निविदिता चौधरी, शुभम चौधरी, सप्तरीका दुर्गानन्द यादव, सन्तोष सरदार, राजविराज १० का शुशिल यादव, ९ का सुरेन्द्र कुमार यादव, अमन ठाकुर, १ का सिद्धार्थ कुमार यादव, भारत बिहार मधुवनीका मनोज ठाकुर, गणेश ठाकुर, गौरीशंकर ठाकुरको उपचार भइरहेको छ ।
यस्तै मृत्यु हुनेहरुमा सिराहा गोलबजार ८ का ५० वर्षिय राज कपुर यादब, सप्तरी बोदेबर्साईन १ का १५ वर्षिया चन्द्र रेखा प्रमाणी, राजबिराज १६ का ७४ वर्षिय चन्द्रावती झा, तिलाठि कोईलाडी गाउँपालिका १ बस्ने ३३ वर्षिय अन्जित कुमार झा, राजविराज ११ देउरीभरुवाका १८ वर्षिय नरेश मुखिया (सहचालक), नरैया बस्ने वर्ष ३ वर्षका शुसान्त चौधरी, नरैया बस्ने २४ वर्षिय रामानन्द यादब, भारत बिहार बस्ने २९ वर्षकी ममता देबि ठाकुर, बोदेबर्साईन २ बस्ने ६ वर्षका आदित्य यादब, तिलाठी ३ बस्ने ३८ वर्षिय संजित कुमार झा, नरैया बस्ने २६ वर्षकी पार्बती चौधरी, तिलाठि ३ बस्ने ३५ की सम्मि कुमारी झा, बोदेबर्साईन ३ का १५ वर्षिया चन्द्र लेखा प्रमाणी, महादेवा ९ बस्ने २७ वर्षका प्रमोद ईसार, कृष्णासवरन ४ बस्ने २९ बर्षका सुधिर कुमार यादब, भारत बिहार मधुवनि बस्ने १२ वर्षका मनिष ठाकुर रहेका छन् ।
त्यस्तै सिराह नराह १० बस्ने ३० बर्षका उदय मण्डल, बोदेबरसाईन २ का २५ बर्षिया आशीकि कुमारी यादव, कृष्णसवरन ४ बस्ने ५ वर्षकी समिक्षा यादव, सिराह लहान ६ बस्ने ३७ बर्षका प्रभा चौधरी, राजबिराज १३ बस्ने बर्ष ३० का रिषी आनन्द देव, १४ बस्ने बर्ष २० का आदित्य झा, बोदेबरसाईन २ बस्ने १३ बर्षकी समिक्षा कुमारी यादब, शम्भुनाथ बस्ने बर्ष ५का सुदिप चौधरी, बोदेबरसाईन ३ बस्ने ९ बर्षकी चित्र रेखा परमाणी, बोदेबरसाईन ३ बस्ने १ बर्षकी मानवी यादव, बोदेबरसाईन २ बस्ने ३५ बर्षका सुरेन्द्र चौधरी, ३ बस्ने ११ बर्षकी चित्र रेखा प्रमाणी र २ बस्ने ६ बर्षका पशुपती चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ