News Category 2074/07/12
राजविराज नगरपालिकाले कामकाज बन्द गरि एक दिन शोक मनाउने
राजविराज÷बस दुर्घटनामा परि सप्तरीका दर्जनौं व्यक्तिको दुःखद निधन भएकोप्रति राजविराज नगरपालिकाले एक दिन शोक मनाउने निर्णय गरेको छ ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवद्वारा शनिबार जारि विज्ञिप्तमा राजविराजदेखी काठमाडौंतर्फ जाँदै गएको ना. ६ ख. १४६७ नम्बरको यात्रु बाहक बस शनिबार बिहान धादिङको गजुरीस्थित त्रिशुली नदीमा खस्दा ३१ जनाको निधन, १६ जना गम्भिर तथा अन्य दर्जनौं वेपत्ता भएकोप्रति राजविराज नगरपालिका नगर कार्यपालिकाको कार्यालय अत्यन्त दुःखित एवं मर्माहित भएको जनाइएको छ ।
जारि विज्ञप्तिमा यस्तो दुःखद घडी सम्पूर्ण जिल्लावासी शोकाकुल भएको अवस्थामा राजविराज नगरपालिका र मातहतका सम्पूर्ण कार्यालयहरुमा आइतबार हुने दैनिकी कामकाज एक दिन बन्द गरि शोक मनाउने निर्णय गरिएको जनाउँदै सेवाग्राहीमा पर्न जाने मार्काप्रति नगरपालिका क्षमायाचना गरेको छ ।
विज्ञप्तिमा दुःखको यस घडिमा शोक सन्तप्त परिवारप्रति धैर्यधारण गर्न इश्वरसँग प्रार्थना गर्दै घाइते सम्पूर्णको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै शोकाकुल परिवारजनलाई उचित क्षतिपुर्ति तथा घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारका लागि सम्बन्धित पक्षसँग आग्रह समेत गरेको छ ।
यसैगरि तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले शनिबार एक विज्ञप्ति जारि गरि बस दुर्घटनामा परि मृत्युवरण गरेका व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।
साथै विज्ञप्तिमा घाइते सम्पूर्णको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ