News Category 2074/07/13
मैनबत्ति प्रज्जवलन गर्दै श्रद्वाञ्जली व्यक्त
दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
बस दुर्घटनामा परि तीन दर्जनको ज्यान गएपछि उनीहरुको स्मरणमा राजविराजस्थित गजेन्द्र चौकमा आइतबार साँझ मैनबत्ति प्रज्जवलन गर्दै श्रद्वाञ्जली व्यक्त गरिएको छ ।
मधेशी ईन्जिनियसकक स्टुडेन्ट यूनियन (मेसु) तथा एमपिएल किर्केट बोर्डको आयोजनामा सप्तरी युथ नेपाल र ड्रिम नेपाल युवा संघ सप्तरीको सहयोगमा गरिएको मैनबत्ति प्रज्जवलन, मौन धारण तथा मार्च पासमा प्रमुख जिल्ला अधिकारी, राजविराजका प्रमुख, उपप्रमुखसहित सर्वसाधारणहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेय, राजविराज नगरपालिका प्रमुख शम्भु यादव, उपप्रमुख साधना झा, जिल्ला प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंह, तिलाठी–कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दाससहित बिभिन्न कार्यालयका प्रमुख, उद्योगी, व्यापारी, सर्वसाधारणहरुको व्यापक सहभागिता रहेको थियो ।
मैनबत्ति प्रज्जवलन गरी एक मिनेटको मौन धारण गर्दै गजेन्द्र चोकदेखि जनआन्दोलन चोकसम्म मैनबत्ति बालेर मार्च पास समेत गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ