News Category 2074/07/13
मैनबत्ति प्रज्जवलन गर्दै श्रद्वाञ्जली व्यक्त
दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
बस दुर्घटनामा परि तीन दर्जनको ज्यान गएपछि उनीहरुको स्मरणमा राजविराजस्थित गजेन्द्र चौकमा आइतबार साँझ मैनबत्ति प्रज्जवलन गर्दै श्रद्वाञ्जली व्यक्त गरिएको छ ।
मधेशी ईन्जिनियसकक स्टुडेन्ट यूनियन (मेसु) तथा एमपिएल किर्केट बोर्डको आयोजनामा सप्तरी युथ नेपाल र ड्रिम नेपाल युवा संघ सप्तरीको सहयोगमा गरिएको मैनबत्ति प्रज्जवलन, मौन धारण तथा मार्च पासमा प्रमुख जिल्ला अधिकारी, राजविराजका प्रमुख, उपप्रमुखसहित सर्वसाधारणहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेय, राजविराज नगरपालिका प्रमुख शम्भु यादव, उपप्रमुख साधना झा, जिल्ला प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंह, तिलाठी–कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दाससहित बिभिन्न कार्यालयका प्रमुख, उद्योगी, व्यापारी, सर्वसाधारणहरुको व्यापक सहभागिता रहेको थियो ।
मैनबत्ति प्रज्जवलन गरी एक मिनेटको मौन धारण गर्दै गजेन्द्र चोकदेखि जनआन्दोलन चोकसम्म मैनबत्ति बालेर मार्च पास समेत गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ