News Category 2074/07/15
प्रतिनिधि र प्रदेशसभाका लागि सप्तरीमा ३ लाख ४६ हजार २ सय १४ मतदाता
दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभामा सप्तरीबाट आफ्नो मताधिकार प्रयोग गर्ने मतदाताको कुल संख्या ३ लाख ४६ हजार २ सय १४ रहेको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले दिएको जानकारी अनुसार सप्तरीमा चार वटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।
जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा कुल मतदाता संख्या ९४ हजार ९ सय २० रहेको छ । यो क्षेत्रमा अग्निसाइर कृष्णासवरण गाउँपालिका, कंचनरुप नगरपालिका, तिरहुत गाउँपालिका, सप्तकोशी नगरपालिका र हनुमाननगर कंकालिनि नगरपालिका पर्दछ ।
१ नं. क्षेत्र अन्तरगत प्रदेशसभा १ मा ५० हजार ७ सय ३० मतदाता रहेको छ । यस प्रदेशसभा क्षेत्रमा अग्निसाइर कृष्णासवरण गाउँपालिकाको ६ वटै वडा गरि कंचनरुप नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ८, ९, ११, १२ र सप्तकोशी नगरपालिकाको ११ वटै वडा पर्दछ ।
यस्तै सोही क्षेत्रको प्रदेशसभा २ मा ४४ हजार १ सय ९० मतदाता रहेको छ । जसमा कंचनरुप नगरपालिकाको वडा नं. १, २, ३, १०, तिरहुत गाउँपालिकाको ५ वटै वडा तथा हनुमाननगर कंकालिनि नगरपालिकाको १४ वटै वडा पर्दछ ।
यसैगरि जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा ७९ हजार २ सय ६३ मतदाता रहेको छ । यो क्षेत्रमा छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका र राजविराज नगरपालिका पर्दछ ।
२ नं. क्षेत्र अन्तरगत प्रदेशसभा १ मा ४१ हजार ७ सय ६१ मतदाता रहेको छ । यस प्रदेशसभा क्षेत्रमा छिन्नमस्ता गाउँपालिकाको ७ वटै वडा, तिलाठी कोइलाडी गाउाापालिकाको ८ वटै वडा र महदेवा गाउँपालिकाको वडा नं. २, ४, ५ र ६ पर्दछ ।
यस्तै सोही क्षेत्रको प्रदेशसभा २ मा महदेवा गाउँपालिकाको वडा नं. १ र ३ तथा राजविराज नगरपालिकाको सम्पूर्ण १६ वटै वडा पर्दछ ।
त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा ८५ हजार ४ सय ८९ मतदाता रहेको छ । यस निर्वाचन क्षेत्रमा डाक्नेश्वरी नगरपालिका, बेल्हीचपेना गाउँपालिका, रुपनी गाउँपालिका, विष्णुपुर गाउँपालिका र शम्भुनाथ नगरपालिका रहेको छ ।
यसै क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा ४३ हजार ८ सय ९० मतदाता रहेको छ । जसमा रुपनी गाउँपालिकाको ६ वटै वडा, विष्णुपुर गाउँपालिकाको ७ वटै वडा तथा शम्भुनाथ नगरपालिकाको १ देखी ११ वडा पर्दछ ।
क्षेत्र नं. ३ कै प्रदेशसभा निर्वाचन क्षेत्र २ मा ४१ हजार ५ सय ९९ मतदाता रहेको छ । जसमा डाक्नेश्वरी नगरपालिकाको १० वटै वडा, बेल्हीचपेना गाउँपालिकाको ६ वटै वडा र शम्भुनाथ नगरपालिकाको १२ नं. वडा पर्दछ ।
त्यसैगरि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ मा ८६ हजार ५ सय ४२ मतदाता रहेको छ । यस क्षेत्रमा खडक नगरपालिका, बोदेबर्साइन नगरपालिका, बलान बिहुल गाउँपालिका र सुरुङा नगरपालिका रहेको छ ।
यस क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा ४६ हजार ९ सय ८ मतदाता रहेको छ । यसमा खडक गाउँपालिकाको ११ वटै वडा तथा सुरुङा नगरपालिकाको १ देखी ८ वडा सम्म रहेको छ ।
त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा ३९ हजार ६ सय ३४ मतदाता रहेको छ भने यसमा बोदेबसाईन नगरपालिकाको १० वटै वडा, बलान बिहुल गाउँपालिकाको ६ वटै वडा र सुरुङा नगरपालिकाको वडा नं. ९, १० र ११ पर्दछ ।
यसअघि असोज २ गते सम्पन्न स्थानिय तह निर्वाचनमा सप्तरीको मतदाता संख्या ३ लाख ३१ हजार ६ सय ७९ रहेको थियो । यसको तुल्नामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १४ हजार ५ सय ३५ बढेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ