News Category 2074/07/15
फोरम अध्यक्ष सप्तरी प्रतिनिधिसभा २ बाट उम्मेदवार, फोरमले २ प्रतिनिधिसभा, ३ प्रदेशसभा र राजपाले २ प्रतिनिधिसभा र ५ प्रदेशसभा क्षेत्रबाट उम्मेदवारी दिने
दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
संघीय समाजवादी फोरमले २ नं. प्रदेशसहित प्रतिनिधिभाका ६२ उम्मेदवार चयन गरेको छ । राजपासँग प्रदेश २ को सिट बाँडफाँट गरे लगतै फोरमले प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुको सूची सार्वजनिक गरेको हो ।
फोरम अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यका लागि सप्तरी २ बाट चुनाव लड्ने भएका छन् । वरिष्ठ नेता अशोक राई सुनसरी १ मा उम्मेदवार भएका छन् । फोरमले मोरङको क्षेत्र नम्बर ६ बाहेकका सबै सिट र झापाका सबै सिटमा उम्मदेवार तोकेको छ ।
यता फोरम नेपाल र राजपाबीच भएको सहमति अनुसार सप्तरीको ४ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ८ प्रदेशसभा क्षेत्र मध्ये प्रतिनिधिसभा क्षेत्र नं. १ र २ तथा प्रदेशसभातर्फ प्रतिनिधिसभा क्षेत्र नं. २ को २ र ४ को १ र २ मा फोरमले आफ्नो उम्मेदवार तय गरेको छ ।
जसअनुसार फोरमले प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. १ मा डा. सूर्यनारायण यादव, २ मा फोरम अध्यक्ष उपेन्द्र यादव, सोही क्षेत्रको प्रदेशसभा २ मा शैलेन्द्र प्रसाद साह र प्रतिनिधिसभा क्षेत्र नं. ४ को १ मा बिनोद चौधरी र २ मा अभिषेक यादवलाई उम्मेदवार बनाएको छ ।
यस्तै राजपा नेपालको भागमा प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा १ र २, २ को २, क्षेत्र नं. ३ सहित प्रदेशसभा १ र २ तथा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने भएको छ । यद्दपी राजपाले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन् ।
यस्तै सिरहा १ मा राजलाल यादव र २ मा शत्रुघन सिंह कोइरी र ३ मा अशेश्वर यादव, धनुषा १ मा दिपक कार्की, २ उमा उमाशंकर अरगरीया र ४ मा महाजन यादवलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै महोत्तरी १ मा लक्ष्मी महतो, ४ मा डा. सुरेन्द्र महतो, सर्लाही ३ मा अशोक सिंह कोइरी, रौतहट २ मा किरण साह, बारा २ मा रामसहायद यादव, ३ मा रामकिशोर यादव उम्मेदवार भएका छन् । पर्सा १ मा प्रदिप यादव, २ मा विमलप्रसाद श्रीवास्तव र ३ मा हरिनारायण रौनियारलाई उम्मेदवार बनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ