News Category 2074/07/16
प्रतिनिधिसभा र प्रदेशसभाका लागि आज उम्मेदवारी दर्ता हुँदै
दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ ।
सप्तरीमा एमाले माओवादीको बाम गठबन्धन, राजपा फोरमको चुनावी गठबन्धन र काँग्रेसका उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराउँदैछन् ।
जस अन्तरगत सप्तरीमा बाम गठबन्धनबाट जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ बाट माओवादी केन्द्रका अशोक मण्डल, राजपा फोरमको गठबन्धनबाट डा. सूर्यनारायण यादव, क्षेत्र नं. २ बाट बाम गठबन्धनबाट माओवादी केन्द्रका उमेश यादव, राजपा फोरम गठबन्धनबाट फोरमका अध्यक्ष उपेन्द्र यादव, काँग्रेसका तर्फबाट रन्जित कर्ण र राजपाका बागि उम्मेदवार जयप्रकाश ठाकुरले उम्मेदवारी दिँदै छन् ।
त्यस्तै ३ बाट राजपा फोरम गठबन्धनबाट डा. पशुपति चौधरी, बाम गठबन्धनबाट ताराकान्त चौधरी, त्यस्तै क्षेत्र नं. ४ बाट बाम गठबन्धनबाट स्वतन्त्र उम्मेदवार मो. इस्लाम, राजपा फोरम गठबन्धनबाट राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले उम्मेदवारी दिँदैछन् ।
यसैगरि क्षेत्र नं. १ बाट बामगठबन्धनका प्रदेशसभा १ बाट एमालेका सत्यनारायण मण्डल, २ बाट माओवादीका मोहमद सकिल, २ को प्रदेशसभा १ बाट राजपा फोरम गठबन्धनबाट शैलेन्द्र प्रसाद साह र २ बाट राजपा महासचिव मनिष सुमन, बामगठबन्धनका तर्फबाट प्रदेशसभा १ बाट मओवादीका सरोज मण्डल र २ बाट महेश प्रसाद यादवले उम्मेदवारी दिने जनाइएको छ ।
त्यस्तै क्षेत्र नं. ३ बाट प्रदेशसभा १ बाट बामगठबन्धनका तर्फबाट एमालेका मो. साकिर मस्जिद, राजपा फोरम गठबन्धनका बिक्कि यादव, प्रतिनिधिसभा क्षेत्र नं. ४ को प्रदेशसभा १ मा राजपा फोरम गठबन्धनका बिनोद चौधरी, बामगठबन्धनका माओवादीबाट शशीप्रसाद यादव र २ मा राजपा फोरम गठबन्धबाट फोरमका अभिषेक यादवलाई उम्मेदवार दिने जनाइएको छ ।
यती बाँकी रहेको क्षेत्र र प्रदेशसभा क्षेत्रहरुमा पार्टीहरुले अझै उम्मेदवारी टुङ्गो लगाउन सकेको छनै् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ