News Category 2074/07/17
सप्तरीबाट एक बहालवाला मन्त्रिसँगै ९ जना निर्वतमान सांसद चुनावी मैदानमा
दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक ।
मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बिहीबार सप्तरीमा पनि उत्साहजनक उम्मेदवारी दर्ता भएको छ । सप्तरीमा एक बहालवाला मन्त्रिसँगै ६ जना निर्वतमान सांसदहरुले प्रतिनिधिसभा सदस्य र तीन जना प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिई चुनावी मैदानमा देखापरेका छन् ।
सप्तरी क्षेत्र नं. १ बाट बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका अशोक मण्डल, सोही क्षेत्रको प्रदेशसभा १ मा काँग्रेसका तर्फबाट डा. सुबोध पोखरेल र बामगठबन्धनका तर्फबाट एमालेका सत्यनारायण मण्डलले उम्मेदवारी दिएका हुन् ।
त्यस्तै बामगठबन्धनका तर्फबाट क्षेत्र नं. २ मा माओवादी केन्द्रका उमेश यादव, फोरम राजपा गठबन्धनबाट फोरम अध्यक्ष उपेन्द्र यादव, काँग्रेसका तर्फबाट सकलदेव सुतिहारले उम्मेदवारी दिएका छन् भने सोही क्षेत्रको प्रदेशसभा १ मा काँग्रेसका रन्जित कर्णले उम्मेदवारी दिएका छन् ।
त्यसैगरि क्षेत्र नं. ३ बाट बामगठबन्धनका तर्फबाट एमालेका ताराकान्त चौधरी र क्षेत्र नं. ४ मा काँग्रेसका तर्फबाट वर्तमान यूवा तथा खेलकुद राज्यमन्त्री तेजुलला चौधरीले उम्मेदवारी दिएका हुन् ।
यता प्रतिनिधिसभा क्षेत्र नं. २ मा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम राजपा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएपनि सो क्षेत्रमा राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यस्तै प्रतिनिधिसभा क्षेत्र नं. १ बाट बाल रोग विशेषज्ञ डा. सूर्यनारायण यादवले सरकारी जागिरबाट राजिनामा दिई फोरम राजपा गठबन्धनको तर्फबाट फारमको उम्मेदवार बनेका छन् ।
त्यसैगरि सोही क्षेत्रको प्रदेशसभा १ बाट जनजाती महासंघका पूर्व अध्यक्ष एवं थारु कल्याणकारी समितिका पूर्व महासचिव तथा राजपाका महासचिव राजकुमार लेखीले फोरम राजपा गठबन्धनबाट उम्मेदवारी दिएका छन् । त्यस्तै क्षेत्र नं. २ बाट प्रदेशसभा २ बाट अर्का राजपाका महासचिव मनिषकुमार सुमनले उम्मेदवारी दिएका छन् । यसरी सप्तरीबाट विभिन्न क्षेत्र गरि राजपाका दुई उपाध्यक्षसमेतले उम्मेदवारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ