News Category 2074/07/18
सप्तरीमा चुनावी माहोल तातिदै, मधेशी दललाई बागि उम्मेदवारले पिरोल्दै
दैनिक समाचारदाता
राजविराज, १७ कात्तिक ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा चुनावी माहोल तातिदै गएको छ ।
बिहीबार मनोनयन दर्ता पश्चात् जिल्ला सदरमुका राजविराजसहित अन्य शहरी तथा ग्रामीण क्षेत्रको बजार चोक, पसल र सार्वजनिकस्थलमा निर्वाचनको बहस, छलफल र प्रचारप्रसार शुरु भएकोे छ ।
यता आफ्नो पार्टीबाट टिकट नपाएका नेताले स्वतन्त्र उम्मेदवारी दिएर आफ्नो प्रचारप्रसारमा लागेको र त्यसबाट ठूला दलका उम्मेदवारलाई निर्वाचनमा समस्या परेको सम्बद्ध दलका प्रतिनिधिको गुनासो छ ।
सप्तरीमा प्रतिनिधिसभाका लागि ४ र प्रदशेसभाका लागि ८ सीटका लागि १ सय ६८ जनाको उम्मेदवारी परेको छ । जसमा प्रतिनिधिसभाको ४ सीटका लागि ५९ जनाले तथा प्रदेशसभाको ८ सीटका लागि १ सय ९ जनाले उम्मेदवारी दिएका हुन् ।
यता राजनीतिक दलहरुले चुनाव जित्नका लागि गठबन्धन बनाएपनि आफ्नै दलका बागि र स्वतन्त्र उम्मेदबारको संख्या भने ६० रहेको छ ।
प्रतिनिधीसभाका लागि कुल ५९ जनाले उम्मेदबारी दिएको सप्तरीमा २१ जनाले स्वतन्त्र उम्मेदबारी दिएका छन् भने प्रदेशसभाका लागि १०९ जनाले उम्मेदबारी दिएकोमा ३९ जना स्वतन्त्र छन् ।
क्षेत्र नम्बर १ मा प्रतिनिधीसभाका लागि ५ जनाले, क्षेत्र नम्बर २ बाट ८ जनाले, क्षेत्र नम्बर ३ बाट ३ जनाले र क्षेत्र नम्बर ४ बाट ५ जनाले स्वतन्त्र उम्मेदबारी दिएका छन् ।
प्रदेश सभा अन्तर्गत क्षेत्र नम्बर १ को १ बाट २ जना, १ को २ बाट ३ जना, क्षेत्र नम्बर २ को १ बाट ४ जना, क्षेत्र नम्बर २ को २ बाट १२ जनाले स्वतन्त्र उम्मेदबारी दिएका छन् ।
यस्तै क्षेत्र नम्बर ३ को १ बाट ७ जना, ३ को २ बाट ४ जना, क्षेत्र नम्बर ४ को १ बाट ४ जना र ४ को २ बाट ३ जनाले प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदबारी दिएका छन् ।
उक्त निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले शान्ति सुरक्षाको अवस्था कडा बनाउँदै लगेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे बताउनुहुन्छ ।
यता सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभाको निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उम्मेदबारी दिएपछि उनको बिरुद्व राजपाका जयप्रकाश ठाकुरले उम्मेदबारी दिएका छन् । राजपा–फोरम गठबन्धनबाट उम्मेदबारी दिएका यादवबिरुद्व ठाकुरले उम्मेदबारी दिएका हुन् ।
यस्तै एमालेले बाम गठबन्धनबाट स्थायी कमिटि सदस्य एवं २ नम्बर प्रदेश इन्चार्ज सत्यनारायण मण्डललाई क्षेत्र नम्बर १ को १ बाट प्रदेश सभाको उम्मेदबार बनाए पनि मण्डलबिरुद्व एमालेका जिल्ला कमिटि सदस्य प्रकाश खतिवडा बागी बनेका छन् ।
त्यस्तै राजपाबाट माओवादीमा बुधबार मात्रै पार्टी प्रवेश गरेका शशी यादवलाई क्षेत्र नम्बर ४ को २ बाट प्रदेश सभाका लागि उम्मेदबार बनाउने निर्णय गरेपछि माओवादीका क्षेत्रिय सचिव बालेश्वर यादवले बागी उम्मेदबारी दिएका छन् ।
यता राजपा महासचिव मनिष सुमन पनि आफ्नो गृहजिल्ला सप्तरी २ नं. क्षेत्रको प्रदेशसभा २ बाट उम्मेदबार बनेपछि उनको बिरुद्ध उनकै पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादवले बागी उम्मेदबारी दिएका छन् । यस्तै सुमनबिरुद्ध संघीय समाजवादी फोरम नेपालका नेता भीमराज यादवले पनि उम्मेदबारी दिएका छन् । राजविराज नगरपालिकाको मेयरमा उम्मेदबारी दिएका उनी पराजित भएका थिए ।
त्यसैगरि राजपा र फोरम गठबन्धनबाट उम्मेदबार बनेका राजपाका केन्द्रीय उपाध्यक्ष नवकिशोर साह बिरुद्ध पनि वागि उम्मेदवार बनेका छन् । क्षेत्र नं. १ को प्रदेशसभा २ बाट उम्मेदबारी दिएका राजपाका केन्द्रीय उपाध्यक्ष नवलकिशोर साहबिरुद्ध संघीय समाजवादी फोरम नेपालका प्रदेश सचिव शम्भु झाले उम्मेदबारी दिएका छन् ।
त्यस्तै मधेशी दलको गठबन्धनबाटै क्षेत्र नम्बर ४ मा प्रतिनिधीसभाका लागि उम्मेदबार बनेका राजपाका नेता मृगेन्द्र सिंह यादवबिरुद्ध उनकै आफ्नै भाई फोरमका सप्तरी इन्चार्ज अनिरुद्ध यादवले उम्मेदबारी दर्ता गराएका छन् ।
राजपा फोरम गठबन्धनबाट क्षेत्र नम्बर ३ को २ बाट उम्मेदबारी दिएका बिन्देश्वर यादवबिरुद्ध फोरम नेपालले बागी उम्मेदबार उभ्याएको छ । यादवबिरुद्ध फोरम नेपालले सप्तरी सचिव उपेन्द्र यादवलाई बागी उम्मेदबार बनाएको छ ।
उता नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन र संघीय समाजवादी पार्टी र राजपाबीचको गठबन्धन र नेपाी काँग्रेसले सप्तरी जिल्लाको चारवटा ससंंदीय निर्वाचन क्षेत्र र ८ वटा प्रदेशसभा सदस्यको निर्वाचनको अवस्थाबारे जनस्तरमा व्यापक छलफल र बहस शुरु गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ