News Category 2074/07/21
बागि उम्मेदवार खतिवडाको साधारण सदस्यसमेत नरहने गरि एमाले ग¥यो कारवाही
दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
नेकपा एमाले जिल्ला जिल्ला समिति सप्तरीले क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा १ बाट पार्टीको निर्णयको अवज्ञा गर्दै आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका प्रकाश खतिवडालाई कारवाही गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेद्वारा सोमबार जारि गरेको विज्ञप्तिमा पार्टीको हित र प्रतिष्ठामा आँच पु¥याई पार्टीका विरुद्ध शत्रुतापूर्ण गतिविधि गरेकोले जिल्ला समिति सचिवालयको वैठकले नेकपा (एमाले) को विद्यानको धारा ५ को घ बमोजिम कञ्चनरुप नगरपालिका ७ धर्मपुरका प्रकाश खतिवडाको पार्टीको सदस्यता स्वतः समाप्त भएको उल्लेख छ ।
त्यसैगरी पार्टीभित्र गुटबन्दी र षड्यन्त्र गरी पार्टी निर्णयको विपक्षमा उम्मेदवारी दिनेको प्रस्तावक र समर्थक बसी पार्टीको बैधानिक उम्मेदवारको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको पुष्टि भएकाले कञ्चनरुप नगरपालिका–१२ का अनील पोखरेल र कञ्चनरुप नगरपालिका–६ का मो. मुस्तफा मियाँ समेतलाई पार्टी विद्यानको धारा ५ को घ तथा धारा ४९ बमोजिम सदस्यता समेत नरहने गरि कारवाही गरिएको जनाइएको छ ।
साथै विज्ञप्तिमा पार्टीको निर्णयअनुरुप बाम गठबन्धनका उम्मेदवारहरुको पक्षमा लाग्नु हुन सम्पूर्ण कार्यकर्ता, समर्थक, शुभेच्छुकहरुमा हार्दिक अनुरोध गरिएको छ ।
खतिवडा बाम गठबन्धनका आधिकारी उम्मेदवार सत्यनारायण मण्डल बिरुद्धमा सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी नेकपा एमाले सप्तरीको जिल्ला सदस्य थिए भने नेपाल पत्रकार महासंघ सप्तरीका निवर्तमान अध्यक्ष समेत हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ