News Category 2074/07/21
बाम गठबन्धनद्वारा २ सय ११ सदस्यीय मूल प्रचार प्रसार समिति गठन
दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
बाम एकता समन्वय समिति सप्तरीले आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन संयुक्त प्रचार प्रसार समिति गठन गरेको छ ।
समन्वय समितिका तर्फबाट गोबिन्द न्यौपाने र उमेश प्रसाद यादवद्वारा सोमबार हस्ताक्षरित विज्ञप्तिमा सुखराम यादवको संयोजकत्वमा २ सय ११ सदस्य मूल प्रचार प्रसार समिति गठन गरिएको जनाइएको छ ।
साझा उम्मेदवारहरुलाई जिताउन दुवै दलका केन्द्रीय, जिल्ला तथा स्थानीय नेता कार्यकर्ता एकजुट भएको र सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ र सो क्षेत्रको प्रदेश सभा १ र २ को निर्वाचनलाई प्रभावकारी रुपमा उपलब्धीमूलक बनाउन बाम एकता समन्वय समितिले राजविराजमा एक समारोहको आयोजना गरी मूल प्रचार प्रसार समिति गठन गरेको जनाइएको छ ।
गठित समितिमा एमालेका १ सय १० र माओवादी केन्द्रका १ सय १ जना अगुवा कार्यकर्ता, निर्वाचित वडा अध्यक्षहरु र जिल्ला स्तरका नेताहरु रहेका निर्वाचन समितिका इन्चार्ज देवनाथ यादवले जनाएको विज्ञप्तिमा उल्लेख छ ।
जिल्लाको क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका नेताहरु प्रतिनिधिसभातर्फ उमेशकुमार यादव, प्रदेशसभा १ मा सरोज मण्डल र २ का लागि महेश प्रसाद यादव गोलाकारभित्र हसियाँ हतौडा चुनाव चिन्हका साथ चुनावी मैदानमा रहेको जनाइएको छ ।
सो समरोहमा एमालेका केन्द्रीय सदस्य सुमनराज प्याकुरेल, प्रतिनिधि सभाका प्रत्याशी एवं माओवादीका नेता उमेशकुमार यादव, प्रदेश सभाका उम्मेदवारहरु सरोज मण्डल र महेशप्रसाद यादव तथा प्रतापनारायण चौधरी, जयप्रकाश ठाकुर, निरन्जन झा, अखिलेश झा, ममता चौधरी, रामकुमार यादव, भन्नालाल यादव, मो. गनी, संजय यादव, प्रेम यादव, संजय दास, जयनारायण मण्डल, धिरेन्द्र यादव, मो. अख्तर बाबा, सुभाष यादव, गंगा खंग, लिला ठाकुरलगायतको उपस्थिती रहेको थियो ।
साथै विज्ञप्तिमा भर्खरै सम्पन्न तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लाका सञ्चारकर्मीहरुले निर्वाह गरेका निष्पक्ष र सकारात्मक भूमिकाप्रति संयुक्त बाम गठबन्धन आभार प्रकट गर्दै धन्यवाद व्यक्त समेत गरेको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ