News Category 2074/07/21
बाम गठबन्धनद्वारा २ सय ११ सदस्यीय मूल प्रचार प्रसार समिति गठन
दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
बाम एकता समन्वय समिति सप्तरीले आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन संयुक्त प्रचार प्रसार समिति गठन गरेको छ ।
समन्वय समितिका तर्फबाट गोबिन्द न्यौपाने र उमेश प्रसाद यादवद्वारा सोमबार हस्ताक्षरित विज्ञप्तिमा सुखराम यादवको संयोजकत्वमा २ सय ११ सदस्य मूल प्रचार प्रसार समिति गठन गरिएको जनाइएको छ ।
साझा उम्मेदवारहरुलाई जिताउन दुवै दलका केन्द्रीय, जिल्ला तथा स्थानीय नेता कार्यकर्ता एकजुट भएको र सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ र सो क्षेत्रको प्रदेश सभा १ र २ को निर्वाचनलाई प्रभावकारी रुपमा उपलब्धीमूलक बनाउन बाम एकता समन्वय समितिले राजविराजमा एक समारोहको आयोजना गरी मूल प्रचार प्रसार समिति गठन गरेको जनाइएको छ ।
गठित समितिमा एमालेका १ सय १० र माओवादी केन्द्रका १ सय १ जना अगुवा कार्यकर्ता, निर्वाचित वडा अध्यक्षहरु र जिल्ला स्तरका नेताहरु रहेका निर्वाचन समितिका इन्चार्ज देवनाथ यादवले जनाएको विज्ञप्तिमा उल्लेख छ ।
जिल्लाको क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका नेताहरु प्रतिनिधिसभातर्फ उमेशकुमार यादव, प्रदेशसभा १ मा सरोज मण्डल र २ का लागि महेश प्रसाद यादव गोलाकारभित्र हसियाँ हतौडा चुनाव चिन्हका साथ चुनावी मैदानमा रहेको जनाइएको छ ।
सो समरोहमा एमालेका केन्द्रीय सदस्य सुमनराज प्याकुरेल, प्रतिनिधि सभाका प्रत्याशी एवं माओवादीका नेता उमेशकुमार यादव, प्रदेश सभाका उम्मेदवारहरु सरोज मण्डल र महेशप्रसाद यादव तथा प्रतापनारायण चौधरी, जयप्रकाश ठाकुर, निरन्जन झा, अखिलेश झा, ममता चौधरी, रामकुमार यादव, भन्नालाल यादव, मो. गनी, संजय यादव, प्रेम यादव, संजय दास, जयनारायण मण्डल, धिरेन्द्र यादव, मो. अख्तर बाबा, सुभाष यादव, गंगा खंग, लिला ठाकुरलगायतको उपस्थिती रहेको थियो ।
साथै विज्ञप्तिमा भर्खरै सम्पन्न तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लाका सञ्चारकर्मीहरुले निर्वाह गरेका निष्पक्ष र सकारात्मक भूमिकाप्रति संयुक्त बाम गठबन्धन आभार प्रकट गर्दै धन्यवाद व्यक्त समेत गरेको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ