News Category 2074/07/22
फोरमद्वारा चारै क्षेत्रमा चुनाव परिचालन समिति गठन
दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
सङ्घीय समाजवादी फोरम नेपाल सप्तरीले मंलगबार जिल्लाको चार वटै क्षेत्रमा चुनाव परिचालन समिती गठन गरेको छ ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेश सभा निर्बाचनमा प्रचार प्रसार अभियानलाई तिब्रता दिदै फोरम नेपालले सप्तरीको चारवटै निर्बाचन क्षेत्रमा चुनाब परिचालन समिती गठन गरेको हो ।
प्रतिनिधी सभा क्षेत्र नं. ४ को बिसनपुरमा सम्पन्न भेलाले प्रदेश सभा १ का लागी जिल्ला सदस्य खडकनाथ चौधरीको संयोजकत्वमा ३५ सदस्य र २ का लागी जिल्ला सदस्य सुरेन्द्र प्रसाद चौधरीको संयोजकत्वमा ६५ सदस्य चुनाब परिचालन समिती गठन गरेको छ ।
भेलाले केन्द्रिय उपाध्यक्ष एवं तराई मधेश प्रदेश समितीका संयोजक रेणु यादबको नेतृत्वमा (२) प्रदेश सभाका लागी र नेता महेन्द्र प्रसाद चौधरीको नेतृत्वमा १ का लागी सल्लाहकार तथा अनुगमन समिती गठन गरेको छ ।
त्यस्तै क्षेत्र नं. ३ को पातोमा सम्पन्न भेलाले महेन्द्र कुमार चौधरीको संयोजत्वमा ११ सदस्य प्रतिनिधी सभा क्षेत्र स्तरीय, जिल्ला सदस्य अरुण कुमार चौधरीको संयोजकत्वमा ११ सदस्य प्रदेश सभा १ र पुर्ब जिल्ला सदस्य शिब शंकर यादबको संयोजकत्वमा ११ सदस्य चुनाव परिचालन समिती गठन गरेको छ ।
भेलाबाट क्षेत्र अन्तर्गतका केन्द्रिय तथा प्रदेश सदस्य रहेको सल्लाहकार एंव अनुगमन समिती गठन गरेको छ ।
यसैगरी क्षेत्र नं. १ को कंचनपुरमा सम्पन्न भेलाले जिल्ला सदस्य रामेश्वर यादबको संयोजकत्वमा १८ सदस्य प्रतिनिधी सभा स्तरीय चुनाव परिचालन समिती गठन गरेको छ । भेलाबाट केन्द्रिय सदस्य सुर्यनाथ यादबको नेतृत्वमा ८ सदस्य सल्लाहकार तथा अनुगमन समिती गठन गरेको छ ।
यसैगरि क्षेत्र नं. २ को राजबिराजमा सम्पन्न भेलाले प्रतिनिधी सभा स्तरीय चुनाव परिचालन समिती तथा अनुगमन समिती गठन गरेको छ । भेलामा सम्बन्धित क्षेत्र अन्र्तगतका केन्द्रिय, प्रदेश, जिल्ला, पुर्व जिल्ला नेता, नगर तथा गाउँपालिकाका अध्यक्ष, नगरपालिका प्रमुख, सङ्घीय प्रेस फोरम नेपाल लगायतका बिभिन्न जनबर्गीय संगठनहरुको प्रतिनिधी सहितका पर्टीका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थीती रहेको फोरम नेपाल सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ