News Category 2074/07/23
सप्तरी २ मा काँग्रेसले तीन वटै पदकालागि मत माग्ने, फोरम अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने विषय अन्यौलमा
दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।
नेपाली काँग्रेसले सप्तरीको २ नम्बर प्रतिनिधि सभा सदस्य निर्वाचनमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने चर्चा चलेपनि उक्त विषय अन्यौलग्रस्त बनेको छ । बुधवार राजविराजस्थित काँग्रेसको पार्टी कार्यालयमा जिल्ला तथा क्षेत्रियस्तर नेताहरुको सम्पन्न बृहत छलफलबाट काँग्रेसले आफ्ना उक्त निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार सकलदेव सुतिहारको मत माग्ने निर्णय गरेपछि फोरम अध्यक्षलाई सहयोग गर्ने विषय अन्यौलग्रस्त बनेको हो ।
यसअघि उक्त निर्वाचन क्षेत्रबाट उम्मेदवारी फिर्ता लिन सुतिहार नामबाट काठमाण्डौस्थित निर्वाचन आयोग एउटा पत्र पुगेको थियो । तर, उक्त पत्र समयमा नपुगेको र पार्टीको आधिकारिक पत्रसमेत नरहेकाले आयोगबाट सुतिहारको उम्मेदवारी फिर्ता नभई हालसम्म कायमै रहेको छ ।
तर, स्थानीयस्तरमा सप्तरी २ बाट सुतिहारको उम्मेदवारी फिर्ता भएको र काँग्रेसले फोरम अध्यक्ष यादवलाई प्रतिनिधि सभा सदस्यको चुनावमा सहयोग गर्ने चर्चा ब्यापक भएपछि सोही सम्बन्धमा काँग्रेसका जिल्ला तथा क्षेत्रियस्तरीय नेताहरुले बुधवार भेला डाकेको थियो ।
भेलामा काँग्रेसका सप्तरी सचिव रामकुमार यादव, सहसचिव महानन्द यादव, राजविराजका नगरपालिकाको १८ वटै वडाका वडा सभापतिसहित नगर सभापति तथा अधिकांश क्षेत्रिय सभापतिहरुको उपस्थिती रहेको थियो ।
सोही बैठकले सप्तरी २ मा प्रतिनिधि सभा सदस्यमा सकलदेव सुतिहार तथा प्रदेश सभातर्फ सप्तरी २(१)का उम्मेदवार रञ्जित कर्ण र सप्तरी २(२)का उम्मेदवार महानन्द यादवको मत एकै साथ मग्ने निर्णयसमेत भएको सप्तरी काँग्रेसका सहसचिवसमेत रहेका सप्तरी २(२)का उम्मेदवार महानन्द यादवले जानकारी दिए ।
‘प्रतिनिधि सभा सदस्यका उम्मेदवार सकलदेव सुतिहारको उम्मेदवारी हालसम्म कायमै रहेकाले अरु दललाई समर्थन गर्ने सम्बन्धमा केन्द्रबाट कुनै किसिमको जानकारी नआएको विषयमा बृहत छलफल भयो’, जानकारी गराउँदै यादवले भने, ‘केन्द्रीय कार्यालयको मूख्य सचिव कृष्ण पौडेलसमेतबाट जानकारी लिंदा कुनै किसिमको जानकारी नभएको उत्तर फर्काएपछि आफूहरुले संयुक्तरुपमा तीनै उम्मेदवारको मत माग्ने निर्णय गरेका हौं ।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ