News Category 2074/07/23
मधेशवादी दलमा देखिएको सामन्तवादी प्रवृत्तिलाई परास्त गर्न यादवको आग्रह
दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।
आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा वाम गठबन्धनले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ ।
यसै क्रममा बामगठबन्धनद्वारा बुधबार स्थानिय पत्रकार महासंघको सभाकक्षमा अगुवा कार्यकर्ताको भेला गरी प्रचार प्रसार तथा प्रशिक्षण कार्यव्रmम सम्पन्न गरेको छ ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री एवं प्रतिनिधि सभा क्षेत्र २ का उम्मेदवार उमेश यादवले वाम गठबन्धनद्वारा जारी घोषणापत्र तथा आफ्नो कार्यकालमा भएका विकास निर्माण कार्यको फेहरिस्त लिएर नगर र गाउँ गाउँमा पुग्न अगुवा कार्यकर्तासँग आग्रह गरे ।
उनले मधेशवादी दलमा देखिएको सामन्तवादी प्रवृत्तिलाई परास्त गर्न आसन्न निर्वाचन अवसर भएकाले यसको भरपुर सदुपयोग गर्न आग्रह समेत गरे । उनले जातपात र पेशाको बलमा मत बाँडिने र खरिद विव्रmी गर्ने कार्य पनि शुरु भएकोतर्पm सचेत गराउँदै भने, “आफ्नो मतको संरक्षण र जातपात तथा पैसाको बलमा मत खरीद विव्रmी गर्न खोज्ने तत्वबाट सावधान रही समग्र सप्तरीको विकासका लागि जनमत तयार गर्ने काममा युद्धस्तरमा खट्नुहोस् ।
कार्यव्रmममा सहभागीलाई पूर्व मन्त्री एवम् प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार उमेश यादव, प्रदेश सभा सदस्य २ को २ का उम्मेदवार महेश यादव, प्रचार प्रसार समितिका संयोजक सुखराम यादव, जिल्ला इन्चार्ज देवनाथ यादव लगायतकाले प्रशिक्षण दिएका थिए । सो प्रशिक्षणमा क्षेत्र भरका अगुवा कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।
यसअघि वाम गठबन्धनले बुधबार विहानै राजविराजदेखि पकरीसम्म मोटरसाइकल ¥याली गरी घरदैलो र चुनावी सभा लगायतका कार्यव्रmम सम्पन्न गरेको प्रचार प्रसार समितिका संयोजक सुखराम यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ