News Category 2074/07/27
मधेशीको सम्मान, स्वाभिमान र पहिचानका लागि मधेश गठबन्धनलाई जिताउन अध्यक्ष यादवको अपील
दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं प्रतिनिधि सभा क्षेत्र नं. २ सप्तरीका उम्मेदवार उपेन्द्र यादवले मधेश प्रदेश निर्माण, मधेशीको सम्मान, स्वाभिमान र पहिचानका लागि मधेश गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपील गरेका छन् ।
अध्यक्ष यादवले सप्तरीको रुपनी गाउँपलिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको मुलगेटमा रहेको मधेशी सहिदलाई अन्तिम संस्कार गरिएको स्थानमा माल्यापर्ण गर्दै आइतबारदेखी मधेश गठबन्धनको क्षेत्रीय चुनावी प्रचार अभियान सुरुवात गरे ।
सो अभियानकै क्रममा राजविराज ९ स्थित मलेठको सहिद चौकमा आयोजित चुनावी सभामा अध्यक्ष यादवले आफ्नै मोबाइलबाट “ए मधेशके लागो जरा आँखमे भर लो पानी जो शहीद हुएँ हैं उनको जरा याद करो कुर्वानी” बोलको गित सुनाएर जनसभालाई भावुक बनाएका थिए ।
सो सभामा बोल्दै अध्यक्ष यादवले मधेशबाट निर्वाचित भएर जाने मधेशी जनप्रतिनिधिहरुले मात्र संविधान संशोधन गरेर मधेशीको अधुरो हकअधिकारलाई स्थापित गराउने बताए ।
उनले संविधानसभाको निर्वाचनपछि मुलुककै ठूलो निर्वाचन अहिले हुन गइरहेको भन्दै यस निर्वाचनले मधेशमा परिवर्तन ल्याउनुका साथै मधेशीको स्वभिमान समेत स्थापित गर्ने उल्लेख गरे । अध्यक्ष यादवले मधेशी जनताको चाहना स्वरुप नै अहिले दुई दल गठबन्धन गरे चुनावमा होमिएको बताउँदै मधेशी अधुरो सपनाहरु साकार गर्न आफूहरु कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरे ।
उनले माओवादीका नेताहरुले माओवादको खोल ओढेर जनता लुटिरहेको भन्दै अब देश लुट्न लागिपरेको आरोप लगाउँदै माओवादी नेताहरुलाई मधेश बिरोधीको संज्ञा समेत दिए ।
सोही चुनावी सभामा राजपा महासचिव एवं सोही क्षेत्रका प्रदेशसभा २ का उम्मेदवार मनिषकुमार सुमनले आफु जनताको सेवक रहेको बताउँदै बाम गठबन्धनका उम्मेदवारल भोट माग्न आए उनीहरुलाई झाडु लिएर लखेट्न समेत मतदातालाई आग्रह गरे । महासचिव सुमनले बाम गठबन्धनका उम्मेदवारलाई शिखण्डीको संज्ञा समेत दिए ।
त्यस्तै कार्यक्रममा फोरम नेपालका राजनीतिक समिति सदस्य तथा प्रदेशसभा १ का उम्मेदवार शैलेन्द्रप्रसाद साहले फोरम र राजपाबीच भएको गठबन्धन मधेश आन्दोलन र मधेशी जनताको माग रहेको बताए । उनले मधेश गठबन्धनका उम्मेदवार जिते मात्र संबिधान संसोधन भई मधेशीको अधिकार स्थापीत हुने दाबी गरे ।
सो कार्यक्रम पश्चात् आइतबारै अध्यक्ष यादव छिन्नमस्ता गाउँपालिकास्थित लालापट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागि भएका थिए । सो कार्यक्रममा बाम गठबन्धनका उम्मेदवार उमेश यादवका काका नारायण यादव, दामोदर यादव, देवराम यादव र मालिक यादव, भाईहरु कृष्णा यादव, मिथिलेश यादव लगायतलाई पार्टी प्रवेश गराउँदै चुनावी अभियान थाले ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ