News Category 2074/07/27
मधेशीको सम्मान, स्वाभिमान र पहिचानका लागि मधेश गठबन्धनलाई जिताउन अध्यक्ष यादवको अपील
दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं प्रतिनिधि सभा क्षेत्र नं. २ सप्तरीका उम्मेदवार उपेन्द्र यादवले मधेश प्रदेश निर्माण, मधेशीको सम्मान, स्वाभिमान र पहिचानका लागि मधेश गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपील गरेका छन् ।
अध्यक्ष यादवले सप्तरीको रुपनी गाउँपलिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको मुलगेटमा रहेको मधेशी सहिदलाई अन्तिम संस्कार गरिएको स्थानमा माल्यापर्ण गर्दै आइतबारदेखी मधेश गठबन्धनको क्षेत्रीय चुनावी प्रचार अभियान सुरुवात गरे ।
सो अभियानकै क्रममा राजविराज ९ स्थित मलेठको सहिद चौकमा आयोजित चुनावी सभामा अध्यक्ष यादवले आफ्नै मोबाइलबाट “ए मधेशके लागो जरा आँखमे भर लो पानी जो शहीद हुएँ हैं उनको जरा याद करो कुर्वानी” बोलको गित सुनाएर जनसभालाई भावुक बनाएका थिए ।
सो सभामा बोल्दै अध्यक्ष यादवले मधेशबाट निर्वाचित भएर जाने मधेशी जनप्रतिनिधिहरुले मात्र संविधान संशोधन गरेर मधेशीको अधुरो हकअधिकारलाई स्थापित गराउने बताए ।
उनले संविधानसभाको निर्वाचनपछि मुलुककै ठूलो निर्वाचन अहिले हुन गइरहेको भन्दै यस निर्वाचनले मधेशमा परिवर्तन ल्याउनुका साथै मधेशीको स्वभिमान समेत स्थापित गर्ने उल्लेख गरे । अध्यक्ष यादवले मधेशी जनताको चाहना स्वरुप नै अहिले दुई दल गठबन्धन गरे चुनावमा होमिएको बताउँदै मधेशी अधुरो सपनाहरु साकार गर्न आफूहरु कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरे ।
उनले माओवादीका नेताहरुले माओवादको खोल ओढेर जनता लुटिरहेको भन्दै अब देश लुट्न लागिपरेको आरोप लगाउँदै माओवादी नेताहरुलाई मधेश बिरोधीको संज्ञा समेत दिए ।
सोही चुनावी सभामा राजपा महासचिव एवं सोही क्षेत्रका प्रदेशसभा २ का उम्मेदवार मनिषकुमार सुमनले आफु जनताको सेवक रहेको बताउँदै बाम गठबन्धनका उम्मेदवारल भोट माग्न आए उनीहरुलाई झाडु लिएर लखेट्न समेत मतदातालाई आग्रह गरे । महासचिव सुमनले बाम गठबन्धनका उम्मेदवारलाई शिखण्डीको संज्ञा समेत दिए ।
त्यस्तै कार्यक्रममा फोरम नेपालका राजनीतिक समिति सदस्य तथा प्रदेशसभा १ का उम्मेदवार शैलेन्द्रप्रसाद साहले फोरम र राजपाबीच भएको गठबन्धन मधेश आन्दोलन र मधेशी जनताको माग रहेको बताए । उनले मधेश गठबन्धनका उम्मेदवार जिते मात्र संबिधान संसोधन भई मधेशीको अधिकार स्थापीत हुने दाबी गरे ।
सो कार्यक्रम पश्चात् आइतबारै अध्यक्ष यादव छिन्नमस्ता गाउँपालिकास्थित लालापट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागि भएका थिए । सो कार्यक्रममा बाम गठबन्धनका उम्मेदवार उमेश यादवका काका नारायण यादव, दामोदर यादव, देवराम यादव र मालिक यादव, भाईहरु कृष्णा यादव, मिथिलेश यादव लगायतलाई पार्टी प्रवेश गराउँदै चुनावी अभियान थाले ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/08 खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
- 2082/05/08 महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
- 2082/05/08 चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
- 2082/05/06 नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
- 2082/05/06 वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
- 2082/05/06 गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ