News Category 2074/07/28
मधेशी दल वंशगत रुपमा राजनीतिक गरिरहेको पूर्वमन्त्री यादवको आरोप
दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।
सप्तरी क्षेत्र नं. २ का बाम गठबन्धनका साँझा उम्मेदवार उमेश कुमार यादवले मधेशी वंशगत रुपमा राजनीति गरिरहेको आरोप लगाएका छन् ।
बाम गठबन्धनका उम्मेदवारहरुको सहभागितामा सोमबार राजविराजमा आयोजित क्षेत्रिय सभामा बोल्दै उम्मेदवार यादवले मधेशी दलका नेताहरु बाबु, छोरा, भाई, भतिजावादमै राजनीति गरिरहेको आरोप लगाउँदै उक्त दलले इमान्दार तथा पार्टीमा योगदान पु¥याएका नेता कार्यकर्ताहरुलाई अवमूल्यन गर्दै आइरहेको बताए ।
उनले पारिवारवाद दलमा इमान्दार कार्यकर्ताहरुको कुनै स्थान नरहेकोले बाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरेर बिजयी बनाए त्यस्ता नातावाद पार्टी आफै औचित्यहीन भएर जाने उल्लेख गरे ।
उनले बामगठबन्धनले अबको निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दाबी गर्दै बाम गठबन्धनको सरकार बनेमा सम्पूर्ण मधेशी, उत्पीडित, शिल्पी, अल्पसंख्यकको अधिकार दिलाउने समेत जिकिर गरे । उनले आफू सिंचाई मन्त्री भएको बेला जिल्लामा उल्लेख्यीय विकास गरेको दाबी गर्दै विकासीय बजेट बढीभन्दा बढी ल्याएर काम गरेको बताए ।
नेकपा माओवादीको सशस्त्र आन्दोलनबाट मधेशी क्षेत्रीय दल जन्मेको उनले बताउँदै मधेशी, आदिवासी, मुस्लिमको मुखमा आवाज, माओवादी आन्दोलनबाट आएको यादवले कथन छ ।
सोही क्षेत्रका प्रदेशसभा २ का उम्मेदवार महेश प्रसाद यादवले पहाडी अहंकारवाद र मधेशी जमिन्दार देशको शोषण गरिरहेको र संविधान संशोधनमा वाधा पु¥याई रहेको यसको अन्त्य हुनु बाम गठबन्धन जिताउनु आवश्यक रहेको बताए ।
त्यस्तै नेकपा एमाले तर्फबाट समानुपातिक उम्मेदवार ममता चौधरीले मधेशी आन्दोलनमा निमुखा जनताहरुलाई सहादत गराएर मधेशी नेताहरु काठमाण्डौको आलिसान महलहरुमा मौज मस्ति गरिरहेको बताइन ।
बामगठबन्धनको चुनाव परिचालन समिति क्षेत्र नं. २ को आयोजनामा कोण सभामा वक्ताहरुले बाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ