News Category 2074/07/28
मधेशी दल वंशगत रुपमा राजनीतिक गरिरहेको पूर्वमन्त्री यादवको आरोप
दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।
सप्तरी क्षेत्र नं. २ का बाम गठबन्धनका साँझा उम्मेदवार उमेश कुमार यादवले मधेशी वंशगत रुपमा राजनीति गरिरहेको आरोप लगाएका छन् ।
बाम गठबन्धनका उम्मेदवारहरुको सहभागितामा सोमबार राजविराजमा आयोजित क्षेत्रिय सभामा बोल्दै उम्मेदवार यादवले मधेशी दलका नेताहरु बाबु, छोरा, भाई, भतिजावादमै राजनीति गरिरहेको आरोप लगाउँदै उक्त दलले इमान्दार तथा पार्टीमा योगदान पु¥याएका नेता कार्यकर्ताहरुलाई अवमूल्यन गर्दै आइरहेको बताए ।
उनले पारिवारवाद दलमा इमान्दार कार्यकर्ताहरुको कुनै स्थान नरहेकोले बाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरेर बिजयी बनाए त्यस्ता नातावाद पार्टी आफै औचित्यहीन भएर जाने उल्लेख गरे ।
उनले बामगठबन्धनले अबको निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दाबी गर्दै बाम गठबन्धनको सरकार बनेमा सम्पूर्ण मधेशी, उत्पीडित, शिल्पी, अल्पसंख्यकको अधिकार दिलाउने समेत जिकिर गरे । उनले आफू सिंचाई मन्त्री भएको बेला जिल्लामा उल्लेख्यीय विकास गरेको दाबी गर्दै विकासीय बजेट बढीभन्दा बढी ल्याएर काम गरेको बताए ।
नेकपा माओवादीको सशस्त्र आन्दोलनबाट मधेशी क्षेत्रीय दल जन्मेको उनले बताउँदै मधेशी, आदिवासी, मुस्लिमको मुखमा आवाज, माओवादी आन्दोलनबाट आएको यादवले कथन छ ।
सोही क्षेत्रका प्रदेशसभा २ का उम्मेदवार महेश प्रसाद यादवले पहाडी अहंकारवाद र मधेशी जमिन्दार देशको शोषण गरिरहेको र संविधान संशोधनमा वाधा पु¥याई रहेको यसको अन्त्य हुनु बाम गठबन्धन जिताउनु आवश्यक रहेको बताए ।
त्यस्तै नेकपा एमाले तर्फबाट समानुपातिक उम्मेदवार ममता चौधरीले मधेशी आन्दोलनमा निमुखा जनताहरुलाई सहादत गराएर मधेशी नेताहरु काठमाण्डौको आलिसान महलहरुमा मौज मस्ति गरिरहेको बताइन ।
बामगठबन्धनको चुनाव परिचालन समिति क्षेत्र नं. २ को आयोजनामा कोण सभामा वक्ताहरुले बाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ