News Category 2074/07/30
आचार संहिता पालना गर्न अपील
दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङगानाले आगामी मंसिर २१ गते हुन लागेका दोश्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सबै राजनैतिक दलहरुलाई आचार संहिता पालना गर्न आग्रह गरेका छन् ।
जिल्ला मुख्य निर्वाचन कार्यालय सप्तरीले बुधबार राजविराजमा आयोजना गरेको आचार संहिता उल्लंघन बिषयको छलफल कार्यक्रममा मुख्य निर्वाचन अधिकृत ढुङगानाले सो आग्रह गर्दै निर्वाचन अबधीभर कुनै राजनैतिक दल वा कसैलाई आचार संहिता बिपरित कार्य नगर्न नगराउन आग्रह गरेका हुन् ।
उनले भने, “यदि कसैले यस्तो कार्य गरेको पाइएमा त्यसलाई निर्वाचन ऐन अनुसार कार्वाही गरिने छ ।”
साथै सदरमुकाम राजविराज नगरपालिका लगायत जिल्लाको बिभिन्न ठाउँमा राजनैतिक दलहरुबाट पोष्टर, पम्प्लेट टाँसिएकोले सो अबिलम्ब हटाउन सबैलाई अपील समेत गरे ।
त्यस्तै सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले राजबिराजको मुख्य चौकमा आचार संहिता बिपरीत राजनैतिक दलहरुले चुनाव प्रचार प्रसारको लागि सार्वजनिक ठाउँमा टाँसिएको पोष्टर, पम्प्लेट हटाउने कार्य सुरु गरिएको जानकारी दिए ।
उनले आचार संहिता बिपरीत चुनाव चिन्ह अंकित टोपी, टिसर्ट लगायतका सामान प्रयोेग नगर्न नगराउन राजनैतिक दल र उम्मेदवारहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा बिभिन्न राजनैतिक दल, उम्मेदवार, सुरक्षा निकायका प्रमुख र स्थानिय संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ