News Category 2074/07/30
आचार संहिता पालना गर्न अपील
दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङगानाले आगामी मंसिर २१ गते हुन लागेका दोश्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सबै राजनैतिक दलहरुलाई आचार संहिता पालना गर्न आग्रह गरेका छन् ।
जिल्ला मुख्य निर्वाचन कार्यालय सप्तरीले बुधबार राजविराजमा आयोजना गरेको आचार संहिता उल्लंघन बिषयको छलफल कार्यक्रममा मुख्य निर्वाचन अधिकृत ढुङगानाले सो आग्रह गर्दै निर्वाचन अबधीभर कुनै राजनैतिक दल वा कसैलाई आचार संहिता बिपरित कार्य नगर्न नगराउन आग्रह गरेका हुन् ।
उनले भने, “यदि कसैले यस्तो कार्य गरेको पाइएमा त्यसलाई निर्वाचन ऐन अनुसार कार्वाही गरिने छ ।”
साथै सदरमुकाम राजविराज नगरपालिका लगायत जिल्लाको बिभिन्न ठाउँमा राजनैतिक दलहरुबाट पोष्टर, पम्प्लेट टाँसिएकोले सो अबिलम्ब हटाउन सबैलाई अपील समेत गरे ।
त्यस्तै सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले राजबिराजको मुख्य चौकमा आचार संहिता बिपरीत राजनैतिक दलहरुले चुनाव प्रचार प्रसारको लागि सार्वजनिक ठाउँमा टाँसिएको पोष्टर, पम्प्लेट हटाउने कार्य सुरु गरिएको जानकारी दिए ।
उनले आचार संहिता बिपरीत चुनाव चिन्ह अंकित टोपी, टिसर्ट लगायतका सामान प्रयोेग नगर्न नगराउन राजनैतिक दल र उम्मेदवारहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा बिभिन्न राजनैतिक दल, उम्मेदवार, सुरक्षा निकायका प्रमुख र स्थानिय संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ