News Category 2074/08/01
नौं सदस्यीय समन्वय समितिका लागि २१ को उम्मेदवारी
दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक ।
जिल्ला समन्वय समिति सप्तरीको ९ सदस्यीय कार्य समितिका लागि बिहीबार २१ जना जनाको मनोनयन परेको छ ।
मंसिर ७ गते हुने समन्वय समितिको निर्वाचनका लागि प्रमुख पदमा दुई, उपप्रमुखमा तीन, सदस्यका लागि ८, महिला सदस्यका लागि ६ र दलित अल्पसंख्यक सदस्यका लागि दुई जनाको मनोनयन परेको निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।
मनोनय परेका उम्मेदवारहरुमा प्रमुख पदका लागि राजपाबाट प्रभाकर यादव र काँग्रेसबाट भुपेन्द्र नारायण यादवले मनोनयन दर्ता गराएका छन् । यस्तै उपप्रमुखका लागि फोरमबाट थानेश्वर यादव, काँग्रेसबाट संगिता कुमारी कर्ण र एमालेबाट संजयकुमार पासमानले उम्मेदवारी दिएका छन् ।
त्यस्तै सदस्यका लागि फोरमबाट ओमप्रसाद यादव, ननुकुमार यादव र सालिम मियाँको उम्मेदवारी परेको छ भने राजपाबाट मो. दाउद हुसेन, काँग्रेसबाट धर्मदेव यादव, बैद्यनाथ प्रसाद गुप्ता, रामसुन्दर मण्डल र एमालेबाट चित्र बहादुर मगरको उम्मेदवारी परेको छ ।
त्यसैगरि महिला सदस्यका लागि काँग्रेसबाट असियादेवीवत्ति विश्वकर्मा, फोरमबाट आशादेवी झा, एमालेबाट केशरीदेवी यादव, राजपाबाट गिताकुमारी खंग, लक्ष्मीदेवी साफी र लोकतान्त्रिक फोरमबाट सुनितादेवी चौंधरी थरुनीको मनोनयन परेको छ ।
त्यस्तै दलित अल्पसंख्यक सदस्यमा फोरमबाट बलदेव बाँतर र काँग्रेसबाट मनविर साफीको उम्मेदवारी परेको छ ।
यसअघि असोज २ गते सम्पन्न स्थानिय तह निर्वाचनमा जिल्लाको १८ स्थानिय तहमा फोरम, राजपा र काँग्रेसले पाँच÷पाँच, एमाले दुई तथा नयाँ शक्ति पार्टीले एक स्थानमा बिजयी भएको थियो ।
यी १८ स्थानिय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरि ३६ जना जनप्रतिनिधिले समन्वय समितिका लागि मतदान गर्ने प्रावधान रहेको छ । यता रापजाले पाँच स्थानिय तहको दुबै र एक स्थानिय तहमा उपाध्यक्ष पद गरि ११ तहमा जित हासिल गरेको थियो । यस्तै फोरमले चार स्थानिय तहको दुबै पद र एक स्थानिय तहमा उपप्रमुख पदमा गरि ९ तहमा जित हासिल गरेको थियो ।
त्यस्तै काँग्रेसले पाँच स्थानिय तहको दुबै पद र दुई स्थानिय तहमा उपप्रमुख गरि १२ पदमा जित हासिल गरेको थियो । यस्तै एमालेले एक स्थानिय तहमा दुबै पद र एकमा उपाध्यक्ष गरि तीन स्थानिय तह तथा नयाँ शक्तिले एक अध्यक्ष पदमा जित हासिल गरेको थियो ।
यता मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि राजपा फोरमले गठबन्धन गरि निर्वाचनमा संयुक्त रुपमा उम्मेदवारी दिएको छ । श्रोतका अनुसार यी दुबैकै गठबन्धन समन्वय समितिमा पनि लागु हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ