News Category 2074/08/02
समन्वय समितिका लागि चार उम्मेदवारद्वारा मनोनयन फिर्ता दलित अल्पसंख्यमा फोरमका बाँतर निर्विरोध
दैनिक समाचारदाता
राजविराज, १ मंसिर ।
जिल्ला समन्वय समिति सप्तरीको ९ सदस्यीय कार्य समितिका लागि फोरम राजपा गठबन्धनसहितको बिहीबार परेको २१ जना जनाको मनोनयन मध्ये चार जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिएकाहरुमा उपप्रमुखमा एमालेबाट उम्मेदवारी दिएका संजयकुमार पासमान, सदस्य पदमा फोरमका नानु कुमार यादव, महिला सदस्यका फोरम लोकतान्त्रिका सुनितादेवी चौधरी थरुनी र दलित अल्पसंख्यकमा काँग्रेसबाट उम्मेदवारी परेका मानविर साफीले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यता दलित अल्पसंख्यक सदस्यमा काँग्रेसका उम्मेदवारले मनोनयन फिर्ता लिएपछि फोरमबाट उम्मेदवारी दिएका बलदेव बाँतर स्वतः निर्विरोध निर्वाचित भएका छन् ।
मंसिर ७ गते हुने समन्वय समितिको निर्वाचनका लागि प्रमुख पदका लागि राजपाबाट प्रभाकर यादव र काँग्रेसबाट भुपेन्द्र नारायण यादवले मनोनयन दर्ता गराएका छन् । यस्तै उपप्रमुखका लागि फोरमबाट थानेश्वर यादव र काँग्रेसबाट संगिता कुमारी कर्णको उम्मेदवारी रहेको छ ।
त्यस्तै सदस्यका लागि फोरमबाट ओमप्रसाद यादव, सालिम मियाँको उम्मेदवारी परेको छ भने राजपाबाट मो. दाउद हुसेन, काँग्रेसबाट धर्मदेव यादव, बैद्यनाथ प्रसाद गुप्ता, रामसुन्दर मण्डल र एमालेबाट चित्र बहादुर मगरको उम्मेदवारी यथावत रहेको छ ।
त्यसैगरि महिला सदस्यका लागि काँग्रेसबाट असियादेवीवत्ति विश्वकर्मा, फोरमबाट आशादेवी झा, एमालेबाट केशरीदेवी यादव, राजपाबाट गिताकुमारी खंग, लक्ष्मीदेवी साफीको उम्मेदवारी रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ