News Category 2074/08/03
सुचना पारदर्शी र सत्यतथ्य हुनुपर्नेमा जोड
राजविराज÷नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको आयोजनामा शनिबार राजविराजमा सुचनाको हक सम्बन्धी एक दिने अतक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीको संयोजनमा आयोजित कार्यक्रममा बोल्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले सुचना पाउँन सम्पुर्ण नागरिकको अधिकार भएकोले जिल्लाको बिभिन्न स्थानिय तह र सरकारी निकायले सुचना पारदर्शी र सहि सत्य उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
सरकारी निकाय अन्र्तगतको कार्यालयमा तालिम प्राप्त सुचना अधिकारी राख्नुपर्ने बताउदै सहि सत्यतथ्य सुचना उपलब्ध गराए मात्र भ्रष्टचार र गलत प्रबृद्धि समाप्त हुनेमा उहाँले जोड दिदै सुचनाको हक सम्बन्धी संबिधानमा ब्यवस्था भए अनुसार सुचना ब्यवस्थित हुनुपर्ने उल्लेख गरे ।
सोही कार्याक्रममा नेपाल पत्रकार महासंघका केन्द्र सदस्य अवधेश कुमार झाले सुचनाको हक अझै प्रभावकारी हुनुपर्ने बताउँदै यसमा सहयोग गर्ने सम्पूर्ण निकायलाई सहयोग गर्न आग्रह समेत गरे ।
उनले अधिकांश सरकारी तथा गैर सरकारी कार्यालयले सुचना अधिकारी नतोकिदा स्थानिय संचारकर्मीहरुले सुचना लिन र पाउनबाट बञ्चित समेत हुनुपरेको र तोकिएको सुचना अधिकारी पनि सानो सुचना दिन पनि आल्टाल गर्ने गरेको गुनसो गरे ।
यस्तै बरिष्ठ पत्रकार शिवहरी भट्राईले जनताले तिरेको खर्च के भयो, के भएन राज्यले के गरेको छ, भन्ने बिषयमा यहाँको अधिकांश कार्यालयलयहरुमा सुचना अधिकारीको बोड मात्र हुन्छ तर सुचना पाउन पनि गाहे हुने गरेको उल्लेख गरे ।
नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धीरेन्द्र प्रसाद साहले ग्रामीण स्तरसम्म सुचनाको हक सम्बन्धी जानकारी हुनुपर्ने बताउदै सरकारी निकायमा सुचना अधिकारी फोटो सहितको सुचना अधिकारी भएपनि सुचना दिन आलटाल गरेको आरोप लगाए ।
कार्याक्रममा बरिष्ठ पत्रकार बैद्यनाथ झा, महासंघकी उपाध्यक्ष सुधा देव, धुव्र मण्डल, नबिन गुप्ता लगायतकाले सुचनाको हक पाउन सबैको अधिकार रहेकोले सहि सत्यतथ्य सुचना उपलब्ध गराउनुपर्ने माँग गरे । सो कार्यक्रममा नेपाल पत्रकार महासघका उपाध्यक्ष श्याम सुन्दर यादवले सुचनाको हक सम्बन्धी कार्ययोजना प्रस्तुत गरेका थिए ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतमा सम्पन्न कार्यक्रमम महासंघका सहसचिव चन्दन यादवले कार्यक्रम संचालन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ