News Category 2074/08/04
निर्वाचन स्वच्छ, निष्पक्ष एवं धांधलिरहित बनाउन आग्रह
दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।
जिल्ला मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाले मंसिर २१ गते हुन लागेको दोश्रो चरणको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित र धांधलिरहित वातावरणमा सम्पन्न गराउनुपर्ने बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालयको आयोजनामा राजविराजमा आइतबार आयोजित प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन २०७४ को निर्वाचन र संचार प्रशिक्षण कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत ढुङ्गानाले संचारबिना कुनै काम नहुने भएकोले संचारकर्मीहरुले नै निर्वाचनलाई स्वच्छ, भयरहित र धांधलिरहित वातावरणमा सम्पन्न गराउन अहम भुमिका खेल्नुपर्नेमा जोड दिए ।
चुनावको हरेक क्रियाकलापको बारेमा पत्रकारहरूलाई सुचनामा पँहुच गराउन आफु प्रतिबद्ध रहेको बताउदै संचारको पँहुच भएमात्र निर्वाचन सफलन हुन उनले बताए । मुलुकलाई परिर्वतन गर्न पत्रकारहरुले नै अहम भुमिका खेलेको प्रशंसा गर्दै उनले आगामी निर्वाचन सम्पन्न गराउन पनि भुमिका खेल्नुपर्ने बताए ।
सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले आसन्न प्रतिनिधि र प्रदेश सभाको चुनावमा आमसंचारकरमीलाई सुचनामा पहुच पु¥याउन पछाडी नहट्ने बताए । निर्वाचनमा भएका सकारात्मक कुरालाई नकरात्मक नबनाउन समेत स्थानिय संचारकर्मीहरुलाई उनले आग्रह गरे ।
सो प्रशिक्षण कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य अबधेश कुमार झाले स्थानिय संचारकर्मीहरुले सुचना पाउनको लागि निर्वाचन कार्यालयले सुचना डेक्स स्थापना गर्नुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा क्षेत्र नं. ४ का निर्वाचन अधिकृत सानुभाई केसी, जिल्ला निर्वाचन अधिकारी दिलिप कुमार यादव, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य अबधेश झा, शाखाका अध्यक्ष जितेन्द्र खड्गा, पुर्व अध्यक्ष धीरन्द्र साह लगायतले निर्वाचनमा संचारकर्मीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ