News Category 2074/08/06
चोरी गरेको आरोपमा एक महिलासहित तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
राजविराज नगरपालिका २ बस्ने अमरेन्द्र कुमार देवको घरमा चोरी गरेको आरोपमा एक महिलासहित तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा एक सता अगाडी देवका सम्पुर्ण परिवार काम विशेषले घर भन्दा बाहिर गएको बेला सोहि घरमा कोठा भाडामा लिई बसेका भाडेदार महादेवा गाउँपालिका १ घर भएका ३६ बर्षीय मो. कुर्वान, निजको श्रीमती रिता पासवान खातुन र राजविराज नगरपालिका ११ बस्ने अबध रामसहितकाले घर धनी बस्ने मुल ढोकाको चुकुल कब्जा काटेर चोरी गरेको प्रहरी नायव उपरिक्षक धुव्र कुमार श्रेष्ठले बताए ।
अमरेन्द्रकी श्रीमति शोभा कुमारी देवले जिल्ला प्रहरी कार्यालयमा दिएको उजूरीको आधारमा अनुसन्धनको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुले घरमा प्रवेश गरी स्टिल दराजको ताल्चा तोडेर दराज भित्र रहेका सुन, चाँदी, नगद, २ थान मोवाइल, लत्ता कपडा, लगायत १३ लाख ६९ हजार मुल्यबराबरको सर समान चोरी गरेको प्रहरी नायव उपरिक्षक श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।
सुनको आधा आनाको नथिया, ८४ तोला चाँदी र विभिन्न किसिमका गरगहना, लत्ताकपडा सहित उनीहरुलाई फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई रहेको छ ।
यता पक्राउ परेका तिनै जना बिरुद्ध चोरी मुद्दामा म्याद थप गरि अनुसन्धान कार्य थालिएको प्रहरी नायव उपरिक्षक श्रेष्ठले भने ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ