News Category 2074/08/07
समर्थन होइन्, प्रतिस्पर्धा गर्न उम्मेदवारी दिएको हुँ ः उमेश यादव
दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं. २ सप्तरीका उम्मेदवार उमेश यादवले मधेसको बिकास समृद्धी तथा मधेसीको हक अधिकार पुरा गराउने संयुक्त बाम गठबन्धन भएकोले मधेसको जनताले बाम गठबन्धनलाई निर्वाचनमा बिजयी गराउनुपर्नेमा बताएका छन् ।
उनले आफ्नो प्रतिस्पर्धीलाई कुनै समर्थन नगरेको स्पष्ट पारेका छन् । बामगठबन्धनको संयुक्त उम्मेदवार भएको नाताले आफू कसैलाई समर्थन गर्न उम्मेदवारी नदिएको भन्दै चुनावको अन्तिम क्षणसम्म प्रतिस्पर्धा गर्न तयार रहेको उनले प्रस्ट पारेका छन् ।
बुधबार राजविराजमा संयुक्त बामगठबन्धनको चुनाव प्रचार समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार यादवले मधेसको ठेकेदारी, वशंगत राजनीति गर्ने मधेसी दल र तीनका नेताहरु मधेसलाई बर्वादी तर्फ धकेलेकोले मधेसी जनता त्यसको बहकाउमा नआउन आग्रह समेत गरे ।
पूर्व सिंचाई मन्त्री समेत रहेका यादवले देशको प्रत्येक आन्दोलन तथा जनताको अधिकारको लडाईमा बामगठबन्धनको भुमिका अग्रगामी रहेकोले देशको बिकास समृद्धि एवम प्रगतिका लागि बाम गठबन्धनको बिकल्प नरहेको स्पष्ट गरे ।
एक अर्को प्रसङ्गमा यादवले बाम गठबन्धन प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा बिजयी हुने सुनिश्चित् भएकोले त्यसबाट डाह गर्नेहरु अत्यन्त भ्रामक प्रचार गरि षडयन्त्र तथा मिडयावाजी गरेको आरोप समेत लगाए ।
सोही पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धन बिजयी हुने भएकोले त्यसबाट धेरै नेता तथा राजनैतिक दल हतोत्साहित भएको बताएका छन् ।
त्यस्तै पत्रकार सम्मेलनमा सोही क्षेत्रका प्रदेश सभा २ का उम्मेदवार महेश प्रसाद यादवले सप्तरीको बिकासका लागि आफुले स्पष्ट प्रतिबद्धता पत्र जारी गरेको बताउदै जनआन्दोलनमा आप्mनो भुमिका अत्यन्त महत्वपुर्ण रहेकोले जनताका लागि उम्मेदवारी दिएको र आफू बिजयी भए पार्टी भन्दा पनि बढी जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ