News Category 2074/08/07
समर्थन होइन्, प्रतिस्पर्धा गर्न उम्मेदवारी दिएको हुँ ः उमेश यादव
दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं. २ सप्तरीका उम्मेदवार उमेश यादवले मधेसको बिकास समृद्धी तथा मधेसीको हक अधिकार पुरा गराउने संयुक्त बाम गठबन्धन भएकोले मधेसको जनताले बाम गठबन्धनलाई निर्वाचनमा बिजयी गराउनुपर्नेमा बताएका छन् ।
उनले आफ्नो प्रतिस्पर्धीलाई कुनै समर्थन नगरेको स्पष्ट पारेका छन् । बामगठबन्धनको संयुक्त उम्मेदवार भएको नाताले आफू कसैलाई समर्थन गर्न उम्मेदवारी नदिएको भन्दै चुनावको अन्तिम क्षणसम्म प्रतिस्पर्धा गर्न तयार रहेको उनले प्रस्ट पारेका छन् ।
बुधबार राजविराजमा संयुक्त बामगठबन्धनको चुनाव प्रचार समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार यादवले मधेसको ठेकेदारी, वशंगत राजनीति गर्ने मधेसी दल र तीनका नेताहरु मधेसलाई बर्वादी तर्फ धकेलेकोले मधेसी जनता त्यसको बहकाउमा नआउन आग्रह समेत गरे ।
पूर्व सिंचाई मन्त्री समेत रहेका यादवले देशको प्रत्येक आन्दोलन तथा जनताको अधिकारको लडाईमा बामगठबन्धनको भुमिका अग्रगामी रहेकोले देशको बिकास समृद्धि एवम प्रगतिका लागि बाम गठबन्धनको बिकल्प नरहेको स्पष्ट गरे ।
एक अर्को प्रसङ्गमा यादवले बाम गठबन्धन प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा बिजयी हुने सुनिश्चित् भएकोले त्यसबाट डाह गर्नेहरु अत्यन्त भ्रामक प्रचार गरि षडयन्त्र तथा मिडयावाजी गरेको आरोप समेत लगाए ।
सोही पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धन बिजयी हुने भएकोले त्यसबाट धेरै नेता तथा राजनैतिक दल हतोत्साहित भएको बताएका छन् ।
त्यस्तै पत्रकार सम्मेलनमा सोही क्षेत्रका प्रदेश सभा २ का उम्मेदवार महेश प्रसाद यादवले सप्तरीको बिकासका लागि आफुले स्पष्ट प्रतिबद्धता पत्र जारी गरेको बताउदै जनआन्दोलनमा आप्mनो भुमिका अत्यन्त महत्वपुर्ण रहेकोले जनताका लागि उम्मेदवारी दिएको र आफू बिजयी भए पार्टी भन्दा पनि बढी जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ