News Category 2074/08/07
काँग्रेसबाट क्षेत्र नं. २ को उम्मेदवारी कायम ः पूर्व मन्त्री चौधरी
दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
पूर्व गृह राज्यमन्त्री राम कुमार चौधरीले नेपाली काँग्रेस पार्टी केन्द्र कार्यालयको परिपत्र नआएकाले निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा उम्मेदवारी कायम रहेको दाबी गरेका छन् ।
राजविराज नगरपालिका वडा नं. १२ को पार्टी सभापति श्याम प्रसाद यादवको अध्यक्षतामा बुधवार आयोजित पार्टी प्रवेश कार्यक्रमको प्रमुख आतिथ्य चौधरीले आगामी २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसले टिकट दिई उम्मेदवारी दिएका उम्मेदवार कायम नै रहेको दाबी गरे ।
उनले नेपाली काँग्रेसको नेतृत्वमा भएको सरकारले मधेशको समस्या समाधान गर्न, संविधान संशोधन लगायतका काम नेपाली काँग्रेस जिते मात्रै सम्भव हुने बताएका छन् ।
उक्त पार्टी प्रवेश कार्यक्रममा स्थानीय तहको निर्वाचनमा राजविराज नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष पदमा राजपा पार्टीको बागी स्वतन्त्र उम्मेदवार दिइएका राजकुमार यादवको नेतृत्वमा एक सय एक जनाले पार्टी प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार तथा पूर्व सांसद सकलदेव सुतिहार, प्रदेश नं. २ का समानुपातिक उम्मेदवार राधाकान्त देव, क्षेत्र नं. २ को १ का प्रदेश सभाका नेपाली काँग्रेसका उम्मेदवार महानन्द प्रसाद यादव, सप्तरीका जिल्ला सचिव राम कुमार यादव, महाअधिवेश प्रतिनिधि सदस्य ईरसाद अन्सारी, दलित संघ सप्तरीका सभापति भुवनेश्वर साफी लगायतका वक्ताले नेपाली काँग्रेसलाई बिजयी गराउन सबैको सहयोगको आवश्यता रहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ