News Category 2074/08/10
२२ जिल्ला मधेश राज्यको रुपमा संगठित नभएसम्म संघर्ष जारि रहन्छ ः अध्यक्ष ठाकुर
राजविराज÷राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेशका २२ जिल्ला मधेश राज्यको रुपमा संगठित नभएसम्म संघर्ष जारि रहने बताएका छन् ।
मधेश गठबन्धनले शनिबार राजविराजमा सम्पन्न गरेको पहिलो चुनावीसभामा बोल्दै संयोजक ठाकुरले अथक संघर्ष पश्चात् मधेशको रुपमा प्राप्त ८ जिल्लालाई रक्षा गर्न सम्पूर्ण मधेशीहरु मंसिर २१ गते ब्यालेट मार्फत मधेश राज्य स्थापना गराउन आग्रह समेत गरे ।
उनले निर्वाचनपछि २२ जिल्लालाई मधेश राज्यको रुपमा कायम गर्न पुनः संघर्ष गर्ने चेतावनी समेत दिए ।
सोही सभामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू सप्तरी प्रतिनिधिसभा क्षेत्रबाट तीन पार्टीको साँझा उम्मेदवार भएको बताए । उनी राजपा फोरम गठबन्धन र नेपाली काँग्रेसको समेत समर्थन रहेको छ । अध्यक्ष यादवले मधेश प्रदेश बनाउन दुई तिहाई बहुमत दिलाउन सबैसँग आग्रह समेत गरे ।
उनले भने, “बहुमत आए हामीले कल्पना गरेझै यस २ नम्बर प्रदेशलाई साचिकै मधेस प्रदेश बनाउने छु । जहाू मधेसीको शासन हुन्छ, मधेसी प्रहरी, मधेसी प्रशासन, मधेसी न्यायलाय हुन्छ ।”
सोही सभामा राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मंसिर २१ गते मधेशी जनताले ब्यालेट मार्फत विगतमा बुलेटबाट राज्यले गरेको अन्यायलाई परास्त पार्ने दाबी समेत गरे ।
महतोले मधेसी अन्तरिम संबिधानमा मधेसीले प्राप्त गरेको उपलब्धिलाई ठुला दलहरुले पछिल्लो संबिधान निर्माणताका खोसेको आरोप लगाए ।
उनले भने, “मंसिर २१ गते त्यसैको बदला लिने दिन हो, ब्यालेडमा मधेसी दललाई मत हालौ र खोसिएका अधिारहरु फिर्ता लिनुहोस ।” उनले भने, “अधिकार बिहीन संबिधान घोषणा भईरहदा बिरोधमा उत्रेका मधेसीको टाउको र छातीमा गोली हानी भएका शहिदलाई सम्झौ र त्यहि शहिद अनुहारलाई सम्झेर मंसिर २१ गते भोट हाल्न जानुुस, तपाईहरुलाई शहिदको बलिदानी साकार हुन्छ ।”
सभामा राजपाका महासचिव मनिष कुमार सुमन, फोरमकी उपाध्यक्ष रेणुकुमारी यादव, केन्द्रिय सदस्य सरिता गिरी लगायतले मधेशी जनताले निर्वाचनमा मधेश गठबन्धनका उम्मेदवारहरुलाई मत दिएर राज्यले गरिरहेको विभेदलाई अन्त्य पार्ने दाबी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ