News Category 2074/08/10
क्षेत्रवासीको सम्मानका लागि आप्mनो उम्मेदवारी ः जयप्रकाश
राजविराज÷उपेन्द्र यादब बिरुद्ध सप्तरी निर्वाचन क्षेत्र नम्बर २ वाट प्रतिनिधी सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार जयप्रकास ठाकुरले क्षेत्रवासीको सम्मानका लागि आप्mनो उम्मेदवारी भएको बताएका छन् ।
क्षेत्र नम्बर २ अन्तरगत तिलाठी कोईलाडी गाउपालिकाको कोईलाडी जिरिया हटियामा शनिवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दे स्वतन्त्र उम्मेदवार ठाकुरले मधेश आन्दोलनमा २ नम्बर क्षेत्रका जनताले दिएको अदम्य साहास र साथलाई केही नेताको स्वार्थका कारण उपेक्षा गर्न खोजिएकाले आफु जनताको आग्रह बमोजिम उम्मेदवार भएको प्रष्ट पारे ।
उनले भने–‘सहिदको सहादतको सम्मान, जनताको आतमसम्मानका लागि मेरो उम्मेदवारी हो, क्षेत्रका जनताको आर्थिक सामाजिक सबलीकरण संगै बाढीको त्रासवाट मुक्ती, सिंचाई सुबिधा, रोजगार, उद्योगको बिकास र शिक्षालाई बैज्ञानिकीकरण गर्दे जनतालाई सक्षम बनाउने मेरो योजना हो । ’राजपा नेपालका पुर्व सहमहामन्त्री समेत रहेका उनले आप्mनो उम्मेदवारी नेताहरुको ब्यक्तीवादी चरित्र बिरुद्ध र कार्यकर्ताको मुल्याकनका लागि भएको बताए ।
उनले भने,–‘वर्षभरी आन्दोलन गरेर संगठन गरि वाली लगाउने हामी अनि सप्रेको वाली भित्रयाउन अर्के आउने ?’ ठाकुरले भने, ‘यो क्षेत्रको बाढीको समस्या देखी शिक्षा, स्वास्थ्य वाटोघाटो, अर्थिक बिपन्नता र बेरोजगारीको अबस्थालाई मैले नजिकवाट हेरेको छु समाधान गर्न सक्छु ।’
‘सप्तरीमा मधेश आन्दोलनका क्रममा जनता गोली खाएर मारिइरहदा,बाढीले गाउबस्ती डुबेर जनताको बेहाल हुदा काठमाण्डौ तिर रमाईरहेकाहरु फेरी जनतालाई ठग्न सप्तरी आएका छन्’ स्वतन्त्र उम्मेदवार ठाकुरले भने,‘ सप्तरीवासीलाई ललिपप देखाएर मत लिन आउनेवाट सप्तरीवासी सचेत छन्, मत आफुसित जुटेका उम्मेदवारलाई दिन्छन् ।’ कार्यक्रममा छिन्नमस्ता गाउपालिकाका उपाध्यक्ष उषा मण्डल, बबलु सिंह, उग्रकान्त झा, सुरेन्द्र मण्डल र अजय सिंह लगायतका बक्ताहरुले बोलेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ