News Category 2074/08/12
यूवा उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त
दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अहिले सप्तरीमा उम्मेदवाहरु चुनावी प्रचार प्रसार कार्यक्रमलाई तिब्रता दिएका छन् ।
सप्तरीको विभिन्न प्रदेशसभा क्षेत्रबाट उम्मेदवारी दिएका युवा उम्मेदवारहरु अहिले मतदातालाई रिझाउन घरदैलो कार्यक्रमलाई तिब्रता दिएका हुन् । बिहानैदेखी उम्मेदवारहरु आफ्नो पक्षमा मत रिझाउन मतदाताको घरदैलोमा पुग्ने गरेका छन् ।
यता सोमबार जिल्लाको विभिन्न क्षेत्रमा यूवा उम्मेदवाहरु मत माग्न व्यस्त देखिए । मधेश गठबन्धनका तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा २ का मधेशी गठबन्धनका उम्मेदवार मनिष कुमार सुमनले राजबिराज वडा नम्वर २ मा आफ्नो घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
घरदैलो कार्यक्रममा उम्मेदवार सुमनले सबैको घरघरमा पुगेर मतदातासँग मधेश गठबन्धनका उम्मेदवारहरुलाई मतदिन आग्रह गरे । राजपामा महासचिव समेत रहेका सुमनले मधेशी जनताको अधिकारीको ग्यारेन्टी सँगै संबिधान संसोधनको लागी मधेशी गठबन्धनलाई अत्याधिक मतले बिजय वनाउन जनतासँग अपिल गरे ।
प्रदेश सभामा आफुलाई बिजय बनाए भन्ने रोजगारी, शिक्षा, स्वास्थ, खानेपानी, उद्योग, कृषि नदिनाला, लगायतका क्षेत्रमा बिकास गर्ने सुमनले प्रतिबद्धता ब्यतm समेत गरे ।
त्यस्तै सोमबारै सयुक्त बाम गठवन्धनका क्षेत्र नं. २ का प्रदेशसभा २ का उम्मेदवार महेश यादव पनि मतदातालाई रिझाउन घरदैलो कार्यक्रममा सहभागि भएका छन् ।
राजविराजको वडा नं. ११ झलही, फर्सैठमा घरदैलौ कार्यक्रममा गाउका सबैको घर–घरमा गएर बाम गठवन्धनका उम्मेदवारहरुलाई मतदिन आग्रह गरेका थिए । उनले मुलुकमा स्थायी, शान्ति र स्थिरसरकार बनाउनको लागि मतदाताहरुसग बाम गठवन्धनका उम्मेदवारलाई अमूल्य मतदिइ विजय बनाउन आग्रह गरे ।
उनले पनि आपूmलाई यस क्षेत्रबाट प्रदेशसभामा विजय बनाए भन्ने रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपनि, कृषि, नदि नियन्त्र लगायतको क्षेत्रमा विकास गर्ने प्रतिवद्धता गरे ।
त्यसैगरि जिल्लाको प्रतिनिधि क्षेत्र नं. १ प्रदेशसभा १ बाट मधेश गठबन्धनका उम्मेदवार राजकुमार लेखीले पनि सोमबार कंचनपुरमा चुनावी ¥याली निकाल्दै मतदाता सँग घरदैलोमा मत माग्न व्यस्त देखिए । राजपाका महासचिव समेत रहेका लेखीले सो क्षेत्रमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिँदै सोमबार कंचनपुर बेरियरका बासिन्दालाई आफ्नो पक्षमा मत माग्न व्यस्त देखिए ।
त्यस्तै संयुक्त बाम गठबन्धन युवा परिचालन कमिटि कञ्चनरुपले सोमबारदेखि कञ्चनरुपमा युवा घरदैलो अभियान सुरु गरेको छ ।
अभियानको उद्घाटन गर्दै नेकपा (एमाले) केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले नीति, सिद्धान्त राम्रो नभए देशको उन्नती, प्रगती र विकास नहुने भन्दै विभिन्न सरकारका पालमा देश र जनताका लागि आएको कार्यक्रमको मूल्यांकन गर्नुपर्ने बताए ।
पटक पटक सत्ताको अवसर पाएको काँग्रेस जहिल्यै पनि सामन्ती र जमिन्दारको हितमा रहेकोले गरिब, निमुखा, श्रमजिवीको हितका लागि एमालेकै सरकारले मात्र उत्साहबद्र्धक कार्यक्रम ल्याएको स्मरण गरे ।
पूर्व उपसभामुख एवं एमालेका समानुपातिक उम्मेदवार गंगाप्रसाद यादवले हिमाल, पहाड र तराईका जनतालाई एक सुत्रमा बाँधी देशको समद्धि र विकास गर्ने पार्टी एमाले नै भएको बताए ।
त्यस्तै माओवादीका केन्द्रीय सदस्य सन्तोष खतिवडाले नेपाली जनता र राष्ट्रको हितमा बाम गठबन्धनले मात्र काम गर्ने भएकाले एकीकरणको आवश्यक्ता रहेको बताए । जनताको भाग्य र भविष्य निर्माण गर्ने सुनौलो अवसर आसनन चुनाव भएकाले युवाहरुको सक्रिय भूमिका महत्वपूर्ण हुने उनलले बताए ।
यसरी चुनावको मिति जसरी नजिकै जाँदा सप्तरी अन्य उम्मेदवारहरु अहिले सबै भन्दा बढी घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ