News Category 2074/08/14
तीन सहरमा एकै पटक बम विस्फोट गराउने योजना विफल ः प्रहरी
दैनिक समाचारदाता
राजविराज, १३ मंसिर ।
सप्तरी प्रहरीले चुनाव विरोधी गतिविधि गर्दै आएका विप्लव समूहका कार्यकर्ताहरुले राजविराज, सिरहा र उदयपुरमा एकै पटक मंगलबार बिहान ८ बजे बम विस्फोट गराउने योजना राजविराजमा विफल पार्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सप्तरीको विष्णुपुर गाउँपालिकास्थित बरही नहर छेउछाउबाट मंगलबार बिहान रिमोटबाट ब्लाष्ट गराउने प्रेसर कुकर बमसहित पक्राउ गरेको विप्लवका कार्यकर्तालाई सार्वजनिक गर्दै सो दाबी गरेको हो ।
छिन्नमस्ता गाउँपालिका ९ निवासी तेजनारायण यादव, विष्णुपुर गाउँपालिका ६ निवासी संजयकुमार रायलाई दुई केजी विस्फोटक पदार्थ आरडिएक्स समेत प्रहरीले पक्राउ गरेको सप्तरीका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “राजविराज, सिरहा र उदयपुरमा मंगलबार बिहान ८ बजे एकै साथ विस्फोट गराउने उनीहरुको योजनालाई राजविराजमा भने विफल पार्यौ, सो दिन सिरहा र उदयपुरमा बम विस्फोट भयो ।”
प्रहरीको गस्ति टोलीले मंगलबार बिहान नहर चौकमा शंका लागेका तेजनारायणलाई खानतलासी गर्दा उनको सातबाट रिमोट कन्ट्रोल फेलापरेपछि अनुसन्धानका क्रममा सो बम र आरडिएक्स सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय नजिकै धान खेतमा लुकाइ छिपाई राखेको अवस्थामा फेला परेको हो ।
यसैगरि सोमबारराती प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका १ स्थित सकरपुराबाट हनुमाननगर कैकालिनि नगरपालिका १४ रक्मपुरा मल्हनियाँ निवासी सूर्यनारायण सुतिहारलाई हतियारसहित पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा प्रहरीले स्थानिय घुनी मुखियाको घरगोठमा बसिरहेको अवस्थामा प्रहरीले छापा मारि मुखियाँको साथबाट एक थान नलकटुवा पेस्तोल र सोमा लोड गरिएको एक थान गोली र बाहिर रहेको दुई थान गोलीसहित पक्राउ गरेको जनाएको छ ।
यता पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ भने रिमोटसहित पक्राउ परेका दुई गरि तीनै जनालाई प्रहरीले सोधपुछ गरिरहेको प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ