News Category 2074/08/13
विप्लवका दुई जना कार्यकर्ता रिमोट कन्ट्रोल बम र एकजना हतियारसहित पक्राउ
दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै चुनाव बिरोधी समूहले सप्तरीमा त्रासको वातावरण सृजना गर्न लागिपरेका छन् ।
यसैबीच सप्तरी प्रहरीले तीन जना त्यस्ता व्यक्तिहरुलाई पक्राउ गरेको छ । जसमा दुई जना विप्लव समूहका रहेका छन् ।
यता सप्तरीको विष्णुपुर गाउँपालिकास्थित बरही नहर छेउछाउबाट मंगलबार बिहान प्रहरीले रिमोट बमसहित दुई जनालाई विप्लवका कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रहरीको गस्ति टोलीले मंगलबार बिहान नहर चौकमा शंका लागेका दुईजनालाई खानतलासी गर्दा उनीहरुको सातबाट रिमोट कन्ट्रोल फेलापरेपछि अनुसन्धानका क्रममा सो बम फेला परेको हो ।
सप्तरीका प्रहरी प्रमुख मुकेश सिंहका अनुसार रिमोटसहित पक्राउ परेको दुबैलाई चार घण्टाको अनुसन्धानपछि बम नहर छेउछाउमा राखेको आधारमा प्रहरीले सो स्थानमा खोजतलास गर्दा उक्त बम फेला परेको हो । यता पक्राउ परेका व्यक्तिहरु विप्लव समूहको रहेको र उनीहरुले अन्य स्थानमा समेत बम राखेको हुन सक्ने प्रहरी उपरिक्षक सिंहले जानकारी दिनुभयो । फेला परेको सो बमलाई नेपाली सेनाको टोलीले निस्कृय पारेको छ ।
यस्तै सोमबारराती प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका १ स्थित सकरपुराबाट एक जना व्यक्तिलाई हतियारसहित पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले स्थानिय एक घरको गाइगोठमा बसिरहेको अवस्थामा प्रहरीले छापा मारि एक थान नलकटुवा पेस्तोल र सोमा लोड गरिएको एक थान गोली र बाहिर रहेको दुई थान गोलीसहित पक्राउ गरेको जनाएको छ ।
यता पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ भने रिमोटसहित पक्राउ परेका दुई गरि तीनै जनालाई प्रहरीले सोधपुछ गरिरहेको प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ