News Category 2074/08/15
बाम गठबन्धनको “रोड शो”
दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
संयुक्त बाम गठबन्धन सप्तरी क्षेत्र नं. २ ले बिहीबार राजविराजमा शक्ति प्रदर्शन “रोड शो” गरेको छ ।
राजविराजस्थित रंगशालाबाट बाम गठबन्धनले क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार उमेश यादव र प्रदेश सभा २ का उम्मेदवार महेश यादवको नेतृत्वमा मोटरसाइकलसहित शक्ति प्रदर्शन गरेको हो ।
मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाका लागि बाम गठबन्धनले गरेको शक्ति प्रदर्शन नगरको विभिन्न भाग परिक्रमा गर्दै स्थानिय गजेन्द्र चौकमा सभामा परिणत भएको थियो ।
सभामा बोल्दै प्रतिनिधिसभा उम्मेदवार उमेश यादवले मधेशवादी दलले आफुसँग प्रतिष्पर्धा गर्न बाह्य व्यक्तिलाई ल्याएर उम्मेदवार बनाएकोमा मधेशवादी दलको लाचारिपन भएको बताए ।
उनले आफ्नो जित सुनिश्चित भएको बताउँदै आफ्नो प्रतिष्पर्धी कोही नभएको र स्थानिय जनताले आफूलाई नै स्विकार गर्ने दाबी समेत गरे ।
उनले स्वतन्त्र उम्मेदवारप्रति लक्षित गर्दै भने, “आफ्नो भाईको समेत नभएको व्यक्ति क्षेत्रको जनताको कसरी हुन सक्छ ?”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ