News Category 2074/08/16
मधेश र मलेठ घटना सम्बन्धि बृत्तचित्रको अनावरण
दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
दुई वर्षअघिको मधेश आन्दोलन र गत फागुन महिनामा भएको मलेठ घटनालाई समेटेर बनाइएको ३२ मिनेट लामो बृत्तचित्र शुक्रबार राजविराजमा अनावरण गरिएको छ ।
२०७२ सालमा भएको ६ महिनाभन्दा बढीको लामो आन्दोलन र मलेठ घट्नालाई समेटेर तयार पारिएको बृत्तचित्र शहिद परिवारहरुले विमेचन गरेका छन् ।
संचारकर्मी श्रवणकुमार देवको अगुवाईमा निर्माण गरिएको उक्त बृत्तचित्र नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच शहीद परिवारले उक्त बृत्तचित्रको बिमोचन गरेका हुन् ।
‘राज्य पक्षके दमने दमन’ नाम दिइएको उक्त बृत्तचित्रको मलेठमा मारिएका संजन मेहताका पिता लक्ष्मण मेहता, पिताम्बर मण्डलकी पत्नी सोमनी देवी र बिरेन्द्र मेहताकी पत्नी रञ्जनादेवी तथा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले संयुक्त रुपमा बिमोचन गरे ।
२०७२ सालको आन्दोलनमा सप्तरीसहित तराई मधेशका जिल्लामा राज्य पक्षले गरेको व्याप्क दमनका घट्नाहरु ब्ृत्तचित्रमा समावेश गरिएको छ । आन्दोलनका क्रममा प्रहरीले घरभित्र पसेर कुटपिट गरेको, आँगनमै अश्रु ग्यास पड्काएको, टाउको र छातिमै गोली प्रहार गरेको, जहाँ पायो त्यहीं गोली चलाएको जस्ता यथार्थ दृश्यहरु समावेश गरिएको छ ।
लेखन, निर्देशन संचारकर्मी देवद्वारा गरिएको बृत्तचित्रमा देवसहित करुणा झाको स्वर रहेको छ । मधेशी पत्रकार समाज र सप्तरी युथ नेपालको संयुक्त प्रस्तुतीको रुपमा यो डकुमेन्ट्रीबाहिर ल्याइएको छ ।
बृत्तचित्रले आँखा रसाएको बताउँदै समिक्षकको भूमिका निभाएका नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष बिष्णुकुमार मण्डलले बृत्तचित्र एउटा दस्ताबेज भएको बताए । यस्तै अधिबक्ता अशोक कुमार चौधरीले आन्दोलनका घट्नाहरुलाई समेटेर जिल्लामा पहिलो पटक बृत्तचित्र निर्माण गरिएको बताउँदै यसले इतिहासलाई जागृत बनाइराख्ने बताए । वरिष्ठ पत्रकार अनिलकुमार अनलले बृत्तचित्रले आन्दोलनलाई ताजा राख्दै राज्य पक्षले गरेको दमनलाई प्रष्टफुटित गरेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ