News Category 2074/08/16
काँग्रेसी चुनावी सभामा बाम गठबन्धनका नेताद्वारा सम्बोधन
दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
सप्तरीको प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेशसभा १ मा काँग्रेसको चुनावी भेलामा बाम गठबन्धनका नेताहरु समेत देखिएका छन् ।
श्रोतका अनुसार सो प्रदेशसभा क्षेत्रमा शुक्रबार सम्पन्न काँग्रेसका तर्फबाट उम्मेदवार बनेका डा. सुबोध पोखरेलको चुनावी भेलामा बाम गठबन्धनकातर्फबाट एमाले नेता विश्वनाथ न्यैपानेले सभालाई सम्बोधन गरेका थिए ।
त्यस्तै सोही भेलामा बामगठबन्धनबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश खतिवडा समेतको सहभागिता रहेको छ । सो सभामा त्यस क्षेत्रका अधिकांश काँग्रेस र बाम गठबन्धनका नेताहरुको उपस्थिति रहेको थियो ।
यद्दपी सो प्रदेश सभा क्षेत्रमा बाम गठबन्धनका तर्फबाट नेकपा एमाले प्रदेश नं. २ का इन्चार्ज सत्यनारायण मण्डल उम्मेदवार छन् ।
उनको उम्मेवारी रहेपनि बाम गठबन्धनका नेताहरुले खुलेआम काँग्रेसका उम्मेदवारलाई समर्थन गरेर गरिएको चुनावी सभामा उपस्थित जनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यता सोही प्रदेश सभा क्षेत्रमा मधेश गठबन्धनका तर्फबाट राजपाका महासचिव राजकुमार लेखी चुनावी प्रतिष्पर्धामा छन् । स्थानीयका अनुसार उक्त प्रदेशसभा क्षेत्रमा लेखी र काँग्रेसका पोखरेलबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ