News Category 2074/08/17
मधेशीको अधिकारदेखी संविधान संशोधन र विकास पहिलो प्राथमिकता ः उपेन्द्र यादव
राजबिराज÷सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीका जनताको भावना र चाहना बमोजिम आफु सप्तरी आएको बताएका छन् ।
राजबिराज नगरपालिका वडा ११ झल्ही फर्सैठमा शनिबार आयोजित कार्यक्रम बोल्दै यादबले मधेशीको अधिकार सम्पन्न बनाउनेदेखी लिएर संविधान संसोधन गराउने र बिकासलाई पहिलो प्राथमिकमा राखेको जिकिर गरे ।
उनले जिल्लाको बिकास निर्माणलाई अगाडि बढाउन, जनताको अधिकार सम्पन्न बनाउन, शान्ती र समृद्धतर्फ लैजानका लागि मधेश गठबन्धनलाई भोट हाल्न मतदातासँंग आग्रह समेत गरे ।
मधेशीको हक अधिकारका लागी संविधान संशोधन आवश्यक भएकोले निर्वाचनमा बिजय बनाई पहिचान सहितको अधिकार सम्पन्न बनाउन बहुमतवाट मधेश गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
उनले अरूले सप्तरीमा के गरेका छन, सप्तरी जिल्ला ५० औ बर्षदेखि पछाडी परेको छ, जनता यसलाई अगाडि बढेको देख्न चाहेको बताए । उनले प्राप्त उपलब्धी जोगाउन र विभेद असमानता, भेदभाव, उपेक्षालाई अन्त गरि परिवर्तन मुलुकको लागि खाचौ रहेकोले आरिधक, उन्नती, बिकासवाट गरिबी, बेरोजगारी अभाव ग्रस्त जिवनवाट मुक्ति पाउन लागी अभियानमा जनतालाई साथ दिन आग्रह गरे ।
सो घरदैलो अभियानमा क्षेत्र २ का प्रदेशसभा २ का उम्मेद्वार तथा राजपा महासचिव मनिष सुमनले संघियताको सिमांकन हेरफेर गरेर मधेशी जनताको मैत्री संविधान बनाउन आफु क्रियाशिल हुने बताए । उनले आममतदातासँग भने, “आफु जितेमा गजेन्द्र नारायण सिँह अंचल अस्पताललाई साचै अस्पताल बनाउन, गजेन्द्र नारायण सिँह अद्योगिक क्षेत्रलाई फुलफेजमा सुचारू गराउने र यसवाट ८० प्रतिशत बेरोजगारीको समस्याको समाधानसँगै सप्तरीको समग्र बिकासमा सहयोग पु¥याउने छु ।”
सप्तरीको शिक्षामा देखिएको चिटचोरी गर्ने परिपाटी, चोरीमा छुट पाउनु पर्छ भन्ने कुसंस्कृतीलाई मुक्त गराई गुणस्तरीय शिक्षामा बिकास गर्ने आफु लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ