News Category 2074/08/18
सप्तरीको उत्तरी पूर्वी भेगमा जंगली हात्तीको आतंक यथावत्
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
सप्तरीको उत्तरी पुर्वी भेगमा अझै जंगली हात्तीको आतंक यथावत्ै रहेको छ । कोशीटप्पु बन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको एक समुहले शनिबारराती सप्तरीको कंचरुप नगरपालिका ८ स्थित रुपनगर र कंचपुरमा एक दर्जन घरमा तोडफोड गरेको छ ।
मध्यरात एक्कासी आरक्षबाट दुई वटा समुहमा निस्केको जंगली हात्तीको समुहले आतंक मचाउदाँ स्थानीयहरु बीच भागमभाग समेत भएको र बालीनालीमा क्षति गरेको स्थानियले बताएका छन् ।
सो क्षेत्रमा केही दिनदेखि हात्ती आतंक बढेपनि स्थानिय प्रशासन र आरक्षप्रशासन तथा सम्बन्धित निकायले ध्यान नदिएकोले सो क्षेत्रमा हात्ती आतंक बढेको स्थानियबासीहरुले आरोप लगाएका छन ।
एक साता यता फेरी गाउँ पसेर हात्ती दैनिक आतंक मच्चाउदै आएको कारण स्थानीयहरु त्रसित बन्नुको साथै रातीको समयमा जागराम भएर बस्नुपर्ने बाध्यता रहेको अर्का स्थानिय राजकुमार पासवानले गुनासो गरे ।
पटक पटक जंगली हात्तिले जंगल क्षेत्रमा आतंक मच्चाउँदै आएको र आफुहरु आरक्ष तथा सप्तरी प्रशासनमा सुरक्षाका लागि गुहार गर्दा समेत कुनै सुनुवाई नभएको भन्दै पीडितहरु आक्रोसित बनेका छन ।
हात्तीलाई स्थानिय र इलाका प्रहरी कार्यालयका प्रहरी टोलिले आरक्षतर्फ लखेटेको थियो । करिब चार दिन अगाडी कोशीटप्पु बन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गर्दा कंचरुप नगरपालिका २ स्थित बदगामाकी एक महिलाको मृत्यु समेत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ