News Category 2074/08/18
सप्तरी पछाडी पर्नुमा राज्य दोषि ः उपेन्द्र यादव
दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादवले सप्तरी जिल्ला पछाडी पारिनुमा राज्य नै दोषि रहेको दाबी गर्नुभएको छ ।
संघीय प्रेस फोरम सप्तरीद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले चुनावमा आफ्नो जित सुनिश्चत रहेको भन्दै राज्यद्वारा उपेक्षित सप्तरी जिल्लालाई विकास गर्ने पालो अब आफ्नो काँधमा आएको बताउनुभयो ।
उहाँले प्रदेश २ मा मधेसी गठबन्धनको बहुमत आउने दाबी गर्दै प्रतिनिधिसभामा पनि मधेश गठबन्धनको सम्मानजनक स्थान आउने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष यादवले आफु जन्मेको जिल्लामा चुनावी प्रचार प्रसार गर्न जाँदा जिल्लाको अवस्था अत्यन्त जर्जर देखेकोले अब सप्तरीलाई समृद्ध बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।
उहाँले सप्तरी सदरमुकाम राजविराजसँग टाँसिएको छिमेकी मुलुक भारतको सडक ६ लेनको रहेकोले राजविराजको सडक चार लेनको भए सडकसँगै यहाँको विकास तीब्र गतिमा हुने विश्वास व्यक्त गर्नुभयो ।
राज्यले जिल्लामा लगानी गर्न नचाहेका कारण पछि परेको बताउँदै उहाँले भएको सम्भावनालाई पनि उपयोग नगरिँदा विकास हुन नसकेको आरोप लगाउनुभयो । उहाँले जिल्लामा साधान श्रोत निकै रहेकोले सोही साधन श्रोतहरुलाई उपयोग गरेर जिल्लाको विकासका सम्भावनाहरुसँगै आफू अघि बढ्ने प्रतिबद्धता व्यक्र गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ