News Category 2074/08/20
१२ सीटका लागि १ सय ५२ उम्मेदवारबीच प्रतिष्पर्धा
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
आगामी मसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तरगत सोमबार मध्यराती १२ बजेदेखी मौन अवधी सुरु भएको छ ।
सो अवधीमा उम्मेदवारहरु कुनै प्रकारको प्रचारप्रसार गर्न नपाउने प्रावधान रहेको छ । अहिले यस अवधीमा उम्मेदवारहरुको चिन्ता बढ्नु स्वभाविक हो ।
चार प्रतिनिधिसभा र ८ प्रदेशसभा क्षेत्रको १२ सीटका लागि जिल्लामा प्रतिनिधिसभा क्षेत्रमा ५२ तथा प्रदेशसभा क्षेत्रमा १०० जनागरि १ सय ५२ जनाले उम्मेदवारले चुनावीप्रतिष्पर्धामा रहेका छन् ।
यता ३ लाख ४६ हजार २ सय १४ मतदाता रहेको यस जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा कुल मतदाता संख्या ९४ हजार ९ सय २० रहेको छ । यो क्षेत्रमा अग्निसाइर कृष्णासवरण गाउँपालिका, कंचनरुप नगरपालिका, तिरहुत गाउँपालिका, सप्तकोशी नगरपालिका र हनुमाननगर कंकालिनि नगरपालिका पर्दछ । यस क्षेत्रमा १४ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै क्षेत्र नं. १ को प्रदेशसभा १ मा ५० हजार ७ सय ३० मतदाता रहेको छ । यस प्रदेशसभा क्षेत्रमा अग्निसाइर कृष्णासवरण गाउँपालिकाको ६ वटै वडा गरि कंचनरुप नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ८, ९, ११, १२ र सप्तकोशी नगरपालिकाको ११ वटै वडा पर्दछ । यस प्रदेशसभा क्षेत्रमा ९ जनाको उम्मेदवारी परेको छ । यस्तै प्रदेशसभा २ मा ४४ हजार १ सय ९० मतदाता रहेका छन् । जसमा कंचनरुप नगरपालिकाको वडा नं. १, २, ३, १०, तिरहुत गाउँपालिकाको ५ वटै वडा तथा हनुमाननगर कंकालिनि नगरपालिकाको १४ वटै वडा पर्दछ । यस प्रदेशसभा क्षेत्रबाट पनि ९ जनाको मनोनयन परेको छ ।
यसैगरि जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा ७९ हजार २ सय ६३ मतदाता रहेको छ । यो क्षेत्रमा छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका र राजविराज नगरपालिका पर्दछ । यस क्षेत्रमा १८ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रको प्रदेशसभा १ मा ४१ हजार ७ सय ६१ मतदाता रहेको छ । यस प्रदेशसभा क्षेत्रमा छिन्नमस्ता गाउँपालिकाको ७ वटै वडा, तिलाठी कोइलाडी गाउाापालिकाको ८ वटै वडा र महदेवा गाउँपालिकाको वडा नं. २, ४, ५ र ६ पर्दछ । यस क्षेत्रबाट १३ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै यसै क्षेत्रको प्रदेशसभा २ मा ३७ हजार ५ सय २ मतदाता रहेका छन् । यस क्षेत्रमा महदेवा गाउँपालिकाको वडा नं. १ र ३ तथा राजविराज नगरपालिकाको सम्पूर्ण १६ वटै वडा पर्दछ । यस क्षेत्रमा २२ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा ८५ हजार ४ सय ८९ मतदाता रहेको छ । यस निर्वाचन क्षेत्रमा डाक्नेश्वरी नगरपालिका, बेल्हीचपेना गाउँपालिका, रुपनी गाउँपालिका, विष्णुपुर गाउँपालिका र शम्भुनाथ नगरपालिका रहेको छ । यस क्षेत्रमा १२ जनाले मनोनयन दर्ता गराएका छन् । यसै क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा ४३ हजार ८ सय ९० मतदाता रहेको छ । जसमा रुपनी गाउँपालिकाको ६ वटै वडा, विष्णुपुर गाउँपालिकाको ७ वटै वडा तथा शम्भुनाथ नगरपालिकाको १ देखी ११ वडा पर्दछ । यस क्षेत्रबाट १९ जनाको मनोनयन परेको छ । क्षेत्र नं. ३ कै प्रदेशसभा निर्वाचन क्षेत्र २ मा ४१ हजार ५ सय ९९ मतदाता रहेको छ । जसमा डाक्नेश्वरी नगरपालिकाको १० वटै वडा, बेल्हीचपेना गाउँपालिकाको ६ वटै वडा र शम्भुनाथ नगरपालिकाको १२ नं. वडा पर्दछ । यस क्षेत्रबाट १४ जनाको उम्मेदवारी परेको छ ।
त्यसैगरि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ मा ८६ हजार ५ सय ४२ मतदाता रहेको छ । यस क्षेत्रमा खडक नगरपालिका, बोदेबर्साइन नगरपालिका, बलान बिहुल गाउँपालिका र सुरुङा नगरपालिका रहेको छ । यस क्षेत्रमा १५ जनाको मनोनयन परेको छ । यस क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा ४६ हजार ९ सय ८ मतदाता रहेको छ । यसमा खडक गाउँपालिकाको ११ वटै वडा तथा सुरुङा नगरपालिकाको १ देखी ८ वडा सम्म रहेको छ । यसमा ११ जनाको उम्मेदवारी परेको छ । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा ३९ हजार ६ सय ३४ मतदाता रहेको छ भने यसमा बोदेबसाईन नगरपालिकाको १० वटै वडा, बलान बिहुल गाउँपालिकाको ६ वटै वडा र सुरुङा नगरपालिकाको वडा नं. ९, १० र ११ पर्दछ । यसमा १२ जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ