News Category 2074/08/20
निर्वाचनका लागि ५ हजार ९ सय ७० सुरक्षाकर्मीहरु परिचालन
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिंहका अनुसार जिल्लामा निर्वाचनका लागि ५ हजार ९ सय ७० सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । जसमा नेपाल प्रहरी १ हजार ८ सय, सशस्त्र प्रहरी ९ सय ५०, म्यादी प्रहरी ३ हजार १ सय ६० र राष्ट्रिय अनुसन्धानका ६० जना सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।
त्यस्तै सुरक्षाकर्मी बाहेक नेपाली सेनाले समेत विभिन्न मतदान स्थलहरुमा निगरानी बढाएको उनले बताए ।
प्रहरी उपरिक्षक सिंहले जिल्लामा एउटा पनि मतदानस्थल सुरक्षाका दृष्टिकोणले समान्य नरहेको जानकारी दिए । जिल्लाका कुल २ सय ९५ मतदानस्थलमध्ये २ सय ७ अति संवेदनशील र ८८ संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको उनको दाबी छ ।
यता जिल्लाको क्षेत्र नं १ मा अति संवेदनशील ३२ र संवेदनशील ४८, क्षेत्र नं २ मा कायम भएको ६८ मतदानस्थल नै अति संवेदनशील रहेको छ । क्षेत्र नं ३ मा अति संवेदनशील ७७ र संवेदनशील १७ तथा क्षेत्र नं ४ मा अति संवेदनशील ५१ र संवेदनशील २३ रहेको छ ।
उनले भने, “पार्टी–पार्टीबीच अन्तरद्वन्द्व तथा जिल्लाका अधिकांश मतदानस्थल भारतीय सीमासँग जोडिएका कारण पनि मतदान स्थलमा हुनसक्ने आपराधिक गतिविधिलाई ध्यानमा राखी मतदानस्थल सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।”
यस्तै स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सुरक्षा सतर्कता बढाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ