News Category 2074/08/21
निर्वाचनको तयारी पुरा
दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।
आज हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ ।
मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले मतदान अधिकृत, सहायक अधिकृत, कर्मचारी, प्रहरी तथा मतपत्र, मतपेटिका तथा निर्वाचनमा प्रयोग हुने सम्पूर्ण सामाग्रिहरु २ सय ९५ मतदानस्थलमा पुगिसकेको जानकारी दिएका छन् ।
यस्तै मतदानस्थलमा पुरुष तथा महिला मतदाताको छुट्टाछुट्टै लाम तथा अपाङ्गतायुक्त, अशक्त र ज्येष्ठ मतदातालाई सहज तरिकाले मतदान गर्ने व्यवस्थासमेत मिलाइएको उनले बताए ।
यता जिल्ला निर्वाचन कार्यालयका अनुसार स्थानिय तहमा परिचय पत्र लिइसकेका मतदाताहरुका लागि सोही परिचयको आधारमा मत खसाल्ने सकिने तथा नयाँ मतदाता र परिचयपत्र लिन छुटेका मतदाताहरुले परिचय पत्र मतदान स्थलबाट लिन सकिने जनाएको छ ।
प्रतिनिधि र प्रदेशसभाका लागि सप्तरीमा ३ लाख ४६ हजार २ सय १४ मतदाता रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ