News Category 2074/08/24
सप्तरी २ मा फोरम अध्यक्ष उपेन्द्र र ३ मा राजपाका चन्द्रकान्त निर्वाचित
राजविराज÷सप्तरी प्रतिनिधिसभा क्षेत्र २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र ३ बाट राजपाका उम्मेदवार चन्द्रकान्त चौधरी निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न प्रतिनिधि सभा क्षेत्रको मतगणना अनुसार फोरम अध्यक्ष यादव प्रतिनिधि सभा सदस्यका लागि १० हजार ४० मतअन्तरले निर्वाचित भएका हुन् ।
अध्यक्ष यादवले २१ हजार ६ सय २० मतप्राप्त गरि निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी बाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका उमेश कुमार यादवले ११ हजार ५ सय ८० मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४ सय ५९ मत प्राप्त गरि तेश्रो स्थानमा रहे ।
यस क्षेत्रमा ८९ हजार २ सय ६३ मतदाता रहेकोमा ५२ हजार ५ सय २२ मत खसेको थियो । जसमा ४७ हजार २ सय ९७ मत सदर भएको र ५ हजार २ सय २५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।
त्यसैगरि क्षेत्र नं. ३ बाट राजपाका उम्मेदवार चन्द्रकान्त चौधरी ३ हजार १ सय ८३ मतअन्तरले निर्वाचित भए । उनले २२ हजार ५ सय ८४ मत ल्याई बिजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार दिनेश यादवले सुरुदेखी नै कडा चुनौती दिँदै आएका थिए । यादवले १९ हजार ४ सय १ मत प्राप्त गरे । त्यस्तै तेश्रो स्थानमा रहेका चन्द्रकान्तका भाई एमालेका उम्मेदवार ताराकान्त चौधरीले ११ हजार १ सय ८८ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा ८५ हजार ४ सय ८९ मतदाता रहेकोमा ६० हजार ४ सय ७१ मत खसेको थियो । जसमा ५५ हजार २ सय ५७ मत सदर भएको थियो भने ५ हजार २ सय १४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ