News Category 2074/08/24
उम्मेदवार उमेश यादवद्वारा निर्वाचित उम्मेदवारलाई बधाई
राजविराज÷प्रतिनिधि सभा सदस्य सप्तरी क्षेत्र नं. २ का उम्मेदवार उमेशकुमार यादवले मंसिर २१ गते सम्पन्न दोश्रो चरणको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नं. २ वाट विजयी उम्मेवदारलाई वधाई तथा शुभकामना ब्यक्त गरेका छन् ।
यादवले शनिबार एक प्रेस विज्ञप्ति जारि गर्दै ऐतिहासिक घडिमा मतदान गर्ने मतदाता तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरेका छन् ।
लामो संघर्ष र वलिदानी पछि मुलुकले संविधान सभा मार्फत संविधान पाएको भन्दै जारि विज्ञप्तिमा भनिएको छ, “संविधानमा केहि असन्तुष्टि स्वभाविक हो, नेकपा माओवादी केन्द्रले पनि फरक मत सहित संविधान जारी गर्न योगदान ग¥यो । सोहि संविधान कार्यान्वयनको महत्वपुर्ण चरण अन्तर्गत प्रतिनिधि र प्रदेश सभा निर्वाचन पनि सम्पन्न भएको छ ।”
सोही विज्ञप्तिमा भनिएको छ, “निर्वाचनमा जित–हार स्वभाविक हो, मैले यसलाई पराजयको रुपमा लिएको छैन । चुनावमा जित्नुभन्दा अघि पनि मैले सप्तरीका जनताको विचमै रहेर सेवा गरेको थिए र जनताले प्रतिनिधि वनाउँदा समेत जिम्मेवारीलाई ईमान्दारीताका साथ निभाएको कुरा स्मरण गराउँन चाहन्छु । आगामी दिनमा समेत जनताको विचमै रहेर सेवा गर्ने र दुःख सुखमा साथ दिने प्रतिवद्धता र प्रण गर्दछु । यसका साथै अन्धजातिय अहंकारवाद तथा सामन्ती अवसेसका विरुद्ध वलिदानी पुर्ण संघर्ष पनि जारी राख्ने प्रण गर्दछु ।गस्”
वाम गठवन्धनमा रहेका नेता÷कार्यकर्ता र शुभचिन्तकहरुलाई रत्तिभर विचलीत नभई जनतासँगको सम्वन्ध अझ सुदृढ वनाउन र आगामी दिनमा अझ सुमधुर सम्वन्ध वनाई सफलता प्राप्तीको लागि संघर्ष गर्न अपिल गर्ने विज्ञिप्तमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ