News Category 2074/08/26
चार प्रतिनिधिसभा क्षेत्र मध्ये दुईमा फोरम, एक÷एकमा राजपा र काँग्रेस बिजयी, प्रदेशसभा क्षेत्र मध्ये तीनमा राजपा, दुईमा फोरम, दुईमा एमाले एकमा काँग्रेस
दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।
सप्तरीको चार प्रतिनिधिसभा क्षेत्र मध्ये दुईमा संघीय समाजवादी फोरम नेपाल र एक÷एक क्षेत्रमा राजपा नेपाल र काँग्रेसका उम्मेदवार बिजयी भएका छन् । सम्पन्न मतगणना अनुसार जिल्लाको क्षेत्र नं. १ मा मधेशी गठबन्धनका तर्फबाट फोरम नेपालका उम्मेदवार डा. सूर्यनारायण यादव, क्षेत्र नं. २ मा फोरम अध्यक्ष उपेन्द्र यादव, क्षेत्र नं. ३ मा राजपाका चन्द्रकान्त चौधरी र ४ मा काँग्रेसका तेजुलाल चौधरी बिजयी भएका छन् ।
त्यसैगरि सप्तरीको आठ प्रदेशसभा क्षेत्र मध्ये तीनमा राजपा, दुईमा फोरम, दुईमा एमाले र एक स्थानमा काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
यता क्षेत्र नं. १ मा फोरमका डा. सूर्य नारायण यादवले २१ हजार ७ सय १२ मत प्राप्त गरि बिजयी भए । उनले माओवादी केन्द्रका उम्मेदवार अशोक कुमार मण्डललाई ३ हजार ४ सय ८७ मतअन्तरले पराजित गरे भने मण्डलले १८ हजार २ सय २५ मत पाए ।
यस्तै सोही क्षेत्रको प्रदेश सभा १ बाट एमालेका सत्यनारायण मण्डल निर्वाचित भएका छन् । उनले ११ हजार ३ सय २ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी राजपा नेपालका महासचिव राजकुमार लेखीले ९ हजार २ सय ५२ मत प्राप्त गरे । त्यस्तै प्रदेश सभा २ बाट राजपाका उपाध्यक्ष नवलकिशोर साह बिजयी भएका छन् । उनले १३ हजार ६ सय ४७ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी काँग्रेसका बद्री महात्मानले ६ हजार ३ सय ३३ मत प्राप्त गरे ।
यस्तै प्रतिनिधि सभा क्षेत्र २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । फोरम अध्यक्ष यादवले १० हजार ४० मतअन्तरले निर्वाचित भएका हुन् । अध्यक्ष यादवले २१ हजार ६ सय २० मतप्राप्त गरि निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी बाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका उमेश कुमार यादवले ११ हजार ५ सय ८० मत प्राप्त गरेका छन् ।
त्यस्तै सोही क्षेत्रको प्रदेश सभा १ बाट फोरमका शैलेन्द्र प्रसाद साह बिजयी भएका छन् । उनले १० हजार ५ सय ७७ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका सरोज मण्डलले ७ हजार ५ सय ९३ मत प्राप्त गरे । यस्तै प्रदेशसभा २ बाट राजपाका उम्मेदवार एवं महासचिव मनिष सुमन बिजयी भएका छन् । उनले ८ हजार ९ सय ४० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका महेश यादवले ५ हजार २२ मत प्राप्त गरे ।
त्यसै प्रतिनिधिसभा क्षेत्र नं. ३ मा राजपाका उम्मेदवार चन्द्रकान्त चौधरी निर्वाचित भएका छन् । चौधरी ३ हजार १ सय ८३ मतअन्तरले निर्वाचित भए । उनले २२ हजार ५ सय ८४ मत ल्याई बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार दिनेश यादवले सुरुदेखी नै कडा चुनौती दिँदै आएका थिए । यादवले १९ हजार ४ सय १ मत प्राप्त गरे ।
यस्तै सोही क्षेत्रको प्रदेश सभा १ मा काँग्रेसका मो. समिम बिजयी भएका छन् । उनले ११ हजार ६ सय २८ मत प्राप्त गरे । उनका निकटत्तम प्रतिद्वन्द्वी राजपाका दिनेश यादवले ९ हजार ९ सय ७९ मत प्राप्त गरे । सोही क्षेत्रको प्रदेशसभा २ बाट राजपाका विदेश्वर प्रसाद यादव बिजयी भएका छन् । उनले १० हजार ३ सय २८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी काँग्रेसका भगवति यादवले ६ हजार २ सय १२ मत प्राप्त गरेका छन् ।
यसैगरि प्रतिनिधिसभा क्षेत्र नं. ४ मा काँग्रेसका उम्मेदवार तेजुलाल चौधरी बिजयी भएका छन् । उनले २४ हजार १ सय १३ मत प्राप्त गरे । उनले राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवलाई पराजित गरे । उनका प्रतिद्वन्द्वी यादवले १४ हजार ८ सय ८६ मत प्राप्त गरे ।
सोही क्षेत्रको प्रदेशसभा १ बाट एमालेका जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने बिजयी भएका छन् । उनले १५ हजार १ सय १३ मत ल्याए । उनका प्रतिद्वन्द्वी काँग्रेसका सिताराम साहले ११ हजार ३ सय ९५ मत प्राप्त गरे । त्यस्तै प्रदेशसभा २ बाट फोरमका अभिषेक यादव निर्वाचित भएका छन् । उनी ९ हजार ६ सय ५ मत प्राप्त निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विवेकानन्द झाले ७ हजार ३ सय ३६ मत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ