News Category 2074/08/28
राजविराजको ८ वडामा ५ हजार ६ सय ११ घरधुरीमा चर्पी
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
राजविराज नगरपालिकालाई खुला दिसा मुक्त घोषणाका लागि बुधबार एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ ।
युनिसेफको सहयोग तथा राजविराज नगरपालिकाको आयोजनामा आयोजित उक्त अभिमुखिकरण कार्यक्रममा सरसफाई प्रबद्र्धधनका लागि रणनीतिक योजना निर्माण गरि समयमा खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखिएको थियो ।
सप्तरी सामुदायिक विकास केन्द्र नेपालको सहजिकरणमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले राजविराज नगरपालिकाको वडा नं. १ देखी ८ सम्म जम्मा घरधुरी ६ हजार ९ सय ३६ रहेको बताउँदै चर्पीसहितको घर ५ हजार ६ सय ११, चर्पी नभएको घरधुरी ८ सय ९९ र संयुक्त घरसहितको चर्पी ९९ रहेका जानकारी दिए । उनले कार्यक्रममा सन् २०१७ को डिसेम्बरसम्मा चर्पी नभएका घरधुरीहरुलाई चर्पी निर्माणकालागि प्रोत्साहित गरिरहेको बताए ।
त्यस्तै नगरपालिकामा सरसफाइ र स्वच्छताको अवस्थाबारे जानकारी गर्ने गराउने, सरसफाइ र स्वच्छा प्रबद्र्धनका लागि सरोकारवलाहरु लाइ सचेचितकरण गर्ने, नगरपालिका स्तरीय खानेपानी सरससफाइ तथा स्वच्छता समन्वय समिति पुर्नगठन गर्ने, सरसफाइ प्रबद्र्धनका लागि रणनीतिक योजना निर्माण गरी समयमा लक्ष्य हासिल गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।
नगर प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षता तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख मुकेश कुमार सिह, सशस्त्र प्रहरी प्रमुख रामाधार यादव, नगरउपप्रमुख साधना झा, जिल्ला खानेपनी सरसफाई तथा डिभिजन कार्यालय प्रमुख लोकेन्द्र प्रसाद यादव, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश प्रसाद यादव, जिल्ला जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र बस्नेत, राजविराज नगरपालिकाको बार्ड न १ देखि ८ का वडा अध्यक्षहरु, महिला स्वास्थ्य स्वयसेविका, नेपाल पत्रकार महासघका अध्यक्ष जितेन्द्र खड्गा, जिससका अधिकृत नवराज खडका, दातृ निकाय प्रतिनिधिहरु, वडा सचिवहरु तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
सम्पन्न कार्यक्रमबाट सन् २०१७ भित्र राजविराज नगरपालिकालाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने सामुहिक प्रतिबद्धता समेत व्यक्त गर्दै राजविराज नगरपालिकाका प्रमखु शम्भु यादवको संयोजकत्वमा २१ सदस्यीय नगरस्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको पुर्नगठन गरिएको छ ।
सो समितिको सदस्यमा उपप्रमुख साधना झा, सदस्य सचिवमा राजविराज नगरपालिकाका कार्यक्रम अधिकृत प्रफुल श्रेष्ठ लगायत रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ