News Category 2074/08/29
किर्ते नागरिकता बनाउने कार्यमा संलग्न प्रशासन कार्यालयका कर्मचारी, वडा सचिव र भारतीय नागरिकसहित ६ पक्राउ
दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
सरकारी कर्मचारीको मिलोमतोमा संलग्न रहेका किर्ते नागरिकता बनाउने गिरोहलाई पक्राउ गरि सप्तरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त किर्ते नागरिकता बनाउने गिरोहलाई सार्वजनिक गरेको हो ।
प्रहरीले सप्तरी सदरमुकाम राजविराजस्थित रंगशालामा किर्ते नागरिकता बनाई रहेको सूचना प्राप्त भए लगतै सो गिरोहलाई पक्राउ गर्न सफल भएको सप्तरीका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर, जिल्ला प्रशासन कार्यालयको नक्कली छाप र सक्कली नागरिकता प्रमाणपत्र र त्यसमा अंकित होलेग्रामसहित विभिन्न मितिमा जारि भएको चार थान नागरिकता समेत उक्त गिरोहलाई पक्राउ गरिएको उनले बताए ।
किर्ते नागरिकता बनाउने कार्यमा मुख्य संलग्नता सर्लाही जिल्लाको ब्रम्हपुरी गाउपालिका ७ निवासी तथा हाल जिल्ला प्रशासन कार्यालय सप्तरीमा करारमा सहयोगी पदमा कार्यरत अजय कुमार यादव र सप्तरीको महदेवा गाउपालिका १ निवासी तथा राजविराज नगरपालिका वडा नं. १० का वडा सचिव मो. वकिल मियाँ रहेको प्रहरी उपरिक्षक सिंहले बताए ।
यस्तै अन्य पक्राउ पर्नेहरुमा भारतको उत्तरदेनाजपुर, ग्राम अन्तकोठा, थाना हेमन्तबाद बस्ने मो.लतिफुर रहमान, भारतको किसनगंज ग्राम तिवरिया थाना कोचाधामन निवासी हाल झापाको बिर्तामोड १ निवासी मो.नवेद, सुनसरीको हरिपुर गाउँपालिका वडा नं. ८ निवासी कलिम मियाँ र झापाको बिर्तामोड नगरपालिका ४ निवासी मो.सईरो रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी भएको चार थान किर्ते नागरिकता, मोबाइल ६ थान, सिमाकार्ड, नगद २ लाख १४ हजार, विभिन्न पदका नक्कली सरकारी स्टाम्पहरु ११ थान बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ