News Category 2074/09/01
पाँच दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाउन सक्ने
दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
समानुपातिकतर्फको झण्डै ९३ लाख मतगणना भइसक्दा पाँच दलले मात्रै समानुपातिक सिट पाउने देखिएको छ । समानुपातिक सिट पाउनका लागि कूल सदर मतको ३ प्रतिशत कटाउनुपर्ने प्रावधान अनुसार ५ दलले मात्र ३ प्रतिशतको सीमा कटाउन सक्ने देखिएको छ ।
एमाले, कांग्रेस, माओवादी, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले मात्रै थ्रेसहोल्ड कटाउने अहिलेसम्मको गणना नतिजाले देखाएको छ । समानुपातिकमा कूल खसेको मत एक करोड ५ लाख ८७ हजार ५२१ हो ।
अहिलेसम्म ३ प्रतिशत पुर्याउन नसकेका दलहरुले अप्रत्याशित रुपमा मत बढाउ सके भने मात्रै समग्र नतिजा प्रभावित हुनेछ । अन्यथा अहिलेकै अनुपातमा दलहरुको सिट संख्या निर्धारण हुनेछ ।
यो समाचार तयारपार्दासम्म निर्वाचन आयोगले अद्यावधिक गरेको समानुपातिक मत नतिजा अनुसार बाम गठबन्धनको दुईतिहाइ बहुमत नपुग्ने संकेत देखिएको छ ।
शुक्रबार साँझ ७ बजेसम्म ९३ लाख २३ हजार ३ सय ७३ सदर मत गनिसक्दासम्म थ्रेसहोल्ड पार गरेर ५ दलले मात्र समानुपातिक सिट पाउने ट्रेण्ड देखिएको छ । पछिल्लो परिणामलाई हिसाब गर्दा एमालेले कूल सदर मतको ३३ दशमलव ५५ प्रतिशत मत पाएको छ । कांग्रेसको ३२ दशमलव ७५, माओवादीको १३ दशमलव ५८, संघीय समाजवादी फोरमको ४ दशमलव ९४ तथा राजपाको ४ दशमलव ७२ प्रतिशत मत छ । बाँकी अन्य दलले ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न सकेका छैनन् । थ्रेसहोल्ड पार गर्न सक्ने अनुमान गरिएको विवकशील साझाले २ दशमलव २९ प्रतिशत मत पाएको छ भने राप्रपाले २ दशमलव ०९ प्रतिशत मत पाएको छ । अन्य दलको मत भने एक प्रतिशत पनि छैन ।
अंकगणितीय हिसाबमा विवेकशील साझा र राप्रपाले थ्रेसहोल्ड पार गर्न पुग्नेजति मत गन्न बाँकी छ । तर ती दलले अन्य ठूला दललेभन्दा पनि बढी मत ल्याएमा मात्र त्यो सम्भव हुन्छ । जुन अहिलेसम्मको ट्रेण्डमा नदेखिएकोले त्यो कल्पना मात्र हुनेछ ।
अहिलेसम्म ३ प्रतिशत पुर्याउन नसकेका दलहरुले अप्रत्याशित रुपमा मत बढाउ सके भने मात्रै समग्र नतिजा प्रभावित हुनेछ । अन्यथा अहिलेकै अनुपातमा दलहरुको सिट संख्या निर्धारण हुनेछ ।
अंकगणितीय हिसाबमा विवेकशील साझा र राप्रपाले थ्रेसहोल्ड पार गर्न पुग्नेजति मत गन्न बाँकी छ । तर ती दलले अन्य ठूला दललेभन्दा पनि बढी मत ल्याएमा मात्र त्यो सम्भव हुन्छ । जुन अहिलेसम्मको ट्रेण्डमा नदेखिएकोले त्यो कल्पना मात्र हुनेछ ।
थ्रेसहोल्ड पार गर्न नसकेका सबै दलको मत थ्रेसहोल्ड पार गर्ने दलले पाएको मत प्रतिशतका आधारमा उनै ठूला दललाई बाँडिनेछ । यसरी साना दलको समेत मत थप हुँदा अहिलेको अनुपातका हिसावले एमालेको मत ३७ दशमलव ०६ प्रतिशत हुनेछ । यसैगरी कांग्रेसको ३६ दशमलव १७, माओवादीको १५, फोरमको ५ दशमलव ४५ तथा राजपाको ५ दशमलव २२ प्रतिशत हुनेछ । १ सय १० समानुपातिक सिटलाई यही प्रतिशतका आधारमा बाँडफाँड गर्दा एमालेको भागमा ४१, कांग्रेसको ४०, माओवादीको १७ तथा राजपा र फारमको ७÷७ सिट हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ