News Category 2074/09/04
मुसहरका लागि घर निर्माण सुरु
दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
२०७४ साल साउन २८ गते आएको बाढीले विस्थापित भएका सप्तरीको तिलाठी–कोईलाडी गाउँपालिका वडा नम्बर ४ स्थित मुसहर वस्ती वनाउने कार्य सुरु गरिएको छ ।
न्यूज २४ नामक नेपाली टेलिभिजन च्यानलले नेपाली मिडियाको इतिहासमै आफ्नो पहल तथा लगानीमा यसरी बाढी विस्थापित बस्ती निर्माण गर्न लागेको हो । वस्तीमा रहेका ७७ मुसहर परिवारलाई घर वनाईदिने लक्ष्य रहेको छ ।
सोमवार एक कार्यक्रमबीच उक्त टेलिभिजनका सञ्चालक अनिल जोशी तथा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ वाट निर्वाचित सांसद उपेन्द्र यादवले संयुक्त रुपमा उक्त वस्तीको शिलान्यसा गरेका हुन् ।
उक्त टेलिभिजनमा प्रशारित हुने ‘सिधा कुरा जनता सँग’ कार्यक्रममा कोईलाडी स्थित बाढी विस्थापित मुसहर वस्तीवारे रिपोट प्रशारित भएपछि देश विदेशमा रहेका नेपालीहरुले थोरथोरै पैसा पठाउन लागेको तथा विस्तारै अर्थ संकलन वढेपछि सिंगो वस्ती नै बनाईदिने लक्ष्य सहित आफुहरु अघि वढेको संचालक जोशिको भनाई छ ।
करिब दुई करौड वढिको लागतमा उक्त वस्ती निर्माण कार्य थालिएको जानकारी गराउँदै जोशिले दर्शकहरुले पठाएको रकम अपुग भए टेलिभिजन परिवारले समेत लगानी गर्न पछि नपर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नवनिर्वाचित सांसद एव फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नाना थरिका समाचार र सुचनाहरु प्रशारित गर्दै जन जनलाई सुचित गर्ने काममा सक्रियता देखाउँदै आएका नेपाली मिडिया हाउसहरु आफ्नो समाजिक दायित्व निर्वाहामा उत्तिकै अगाडि रहेके भन्दै नेपाली मिडिया हाउसहरुवाट अन्य व्यापारिक संस्थाहरुले समेत सिक्नुपर्ने वताए ।
कार्यक्रममा नव निर्वाचित प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साह, राजपा नेपालका बरिष्ठ उपाध्यक्ष शेखरकुमार सिंह, पत्रकार रवि लामिछाने, दिपक बोहरा, इन्जिनियर चुमन दुर्लामि, सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे सहितकाहरुले आफ्नो मन्तव्य राख्नुका साथै वस्ती निर्माणका क्रममा गर्नुपर्ने सहयोगको प्रतिवद्धता समेत व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ