News Category 2074/09/06
प्रदेश सभा सदस्यद्वयसहित तीन जना सम्मानित
दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
राजविराजस्थित चित्रगुप्त सेवा समितिले प्रतिनिधि सभा क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रदेश सभा सदस्य सहित तिन जनालाई बुधबार सम्मान गरेको छ ।
चित्रगुप्त सेवा समितिको भवनमा आयोजित सम्मान कार्यक्रममा २ नं. क्षेत्र प्रदेश सभा १ बाट निर्वाचित सदस्य शैलेन्द्र प्रसाद साह र २ बाट निर्वाचित सदस्य एवं राजपा नेपालका महासचिव मनिष कुमार सुमन र राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवलाई दोसल्ला ओढाएर फुल मालासहित सम्मान गरिएको हो ।
सो सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य मनिषकुमार सुमनले २ नं. प्रदेश अपुरो र अधुरो रहेकोले यसको विकासका लागि आवश्यक पहल गर्ने जिकिर गरे । उनले बताउँदै राजविराज नगरपालिकासँग समन्वय गरेर जिल्लाको विकासलाई अगाडी बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
यस्तै प्रदेशसभाका अर्का सदस्य शैलेन्द्र प्रसाद साहले आन्दोलनकै क्रममा निर्वाचन भएको र आन्दोलनकै क्रममा प्रदेशलाई व्यवस्थित गर्ने जमर्को रहेको भन्दै अब २ नं. प्रदेशलाई एउटा विकसित प्रदेशमा स्थापित गरि पुनः आन्दोलन गर्नुपरेमा पछाडी नपर्ने बताए ।
चित्रगुप्त सेवा समितिका अध्यक्ष अशोक कर्णको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा समितिका पूर्व अध्यक्ष राम कुष्ण दास, राजपा नेपालका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, नेपाल पत्रकार महासघ उपाध्यक्ष श्यामसुन्दर यादव, राजविराजका मेयर शम्भु प्रसाद यादवले शुभकामना मतब्य दिएका थिए भने उपाध्यक्ष हरिमोहन लाल कर्णले शुभकामना र महासचिव सतिश दत्तले कार्यक्रम संचालन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ